Type to search

Uncategorized मुख्य समाचार

भारतीय अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

Share

भारतीय अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार डिप्रेसनको उपचार गराइरहेका ३४ वर्षीय सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका इण्डिया टुडेको अनलाइन संस्करणले उल्लेख गरेको छ।

सन् २०१६ मा ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ मा भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको भूमिका निर्वाह गरेर उनी चर्चामा आएका थिए। उक्त फिल्मबाट उनले उत्कृष्ट अभिनेताका लागि फिल्मफेयर अवार्ड पाएका थिए।

सन् २००८ मा टेलिभिजनबाट करिअर शुरु गरेका उनी ‘काइ पो चे’ (२०१३) फिल्मबाट बलिउडमा प्रवेश गरेका थिए। त्यसपछि उनको फिल्मी करिअर क्रमिक रुपमा उकालो चढिरहेको थियो।

‘किस देश मे दिल हे मेरा’ टीभी सिरियलबाट उनले अभिनयको करिअर शुरु गरेका थिए। उनी अभिनीत जी टीभीको ‘पवित्र रिश्ता’ (२००८-०९) सिरियल निकै लोकप्रिय थियो।

सुशान्तले ‘शुद्ध देशी रोमान्स’ (२०१३), ‘पीके’ (२०१४), केदारनाथ (२०१८), ‘छिछोरे’ (२०१९) लगायत फिल्ममा अभिनय गरेका थिए। ‘छिछोरे’ मा शैक्षिक असफलता पराजय नभएको र आत्महत्या समस्याको समाधान होइन भन्ने विषय उठाइएको थियो।

सुशान्तकी पूर्व मेनेजर दिशा सालियनको केही दिनअघि भवनबाट खसेर मृत्यु भएको थियो। पहिले सालियनले आत्महत्या गरेको बताइए पनि उनी नशालु वस्तुको सेवन गरेको अवस्थामा रहेको खबर आएको थियो।

त्यस वेला सुशान्तले इन्स्टाग्राममा लेखेका थिए, “यो निकै हतास पार्ने खबर हो। दिशाको परिवार र साथीहरुलाई गहिरो समवेदना। मे योर सोल रेस्ट इन पिस !”

सुशान्त २१ जनवरी १९८६ मा बिहारको पटनामा जन्मिएका थिए। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *