Type to search

Uncategorized राशिफल

आजको राशिफल बि.सं. २०७७ साल जेष्ठ २ गते शुक्रबार ई. सं. २०२० मे १५

Share

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल जेष्ठ २ गते शुक्रबार
आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ २ गते शुक्रबार ई. सं. २०२० मे १५ , नेपाल सम्बत ११४० बछलाथ्व अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण अष्टमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, एन्द्र योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१५ बजे, सूर्यास्त साँझ ०६ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय विहान ६ बजेर ५७ मिनेट देखि १० बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन । प्रतिस्पद्र्धीहरू परास्त हुनेछन । गृहिणीहरूले सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । छात्रछात्राका लागि अध्ययन अध्यापन सफल रहेको छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्ने समय हो । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । गृहिणीहरूले परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । जागीर खोज्ने विद्यार्थीले रोजगारीको राम्रो अवसर हात पर्न सक्छन । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज भाग्यबल राम्रो छ, नयाँ उद्योगधन्दा वा कलकारखाना सुरु गर्न आजको दिन अनुकूल देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । विद्यार्थीहरूको पठनपाठनमा प्रगति हुनेछ र अन्य सबैमा दार्शनिक र आध्यात्मिक भावनाको विकास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गृहिणीहरूले आज सानातिना काम र घरेलु समस्यामै अल्मलिएर समय बिताउनु पर्नेछ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ, यात्राका क्रममा हरहमेशा सचेत हुनुपर्छ । प्रायः सबैको पारिवारिक जीवनमा समेत निरसता छाउने समय छ । त्यस्तै व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुनु ठीक हुन्छ । विवाद, झैझगडामा फँस्नु राम्रो होइन, नत्र ठूलो लफडा ब्यहोर्ने दिन छ । लेनदेनको विवाद, कुनै पुरानो समस्या वा सम्झनाका कारण चुनौती र तनाव झेल्नुपर्ने समय भएकाले आज कुनै परिस्थितिमा पनि आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन । तर देशपरदेश र दूरदराजका क्षेत्रमा बस्नेले लाभ पाउने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सुरुमा छैटौं चन्द्रमा भए पनि दिउँसोदेखि आनन्द र खुसीको वातावरण प्राप्त हुने समय देखिन्छ । बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । विद्यार्थीवर्ग र प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । गृहिणीहरूले छोराछोरीबाट सन्तोष प्राप्त गर्नेछन । झगडा वा किचलोमा पनि समय दिनुपर्ने दिन छ, अनि विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । छात्रछात्रा मनोरञ्जनात्मक क्रियाकलाप वा प्रेम तथा प्रणयप्रसङ्गमा भुलिनसक्छन । बन्दव्यापारबाट लाभै देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पठनपाठनमा मन जानेछ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । विद्यार्थीहरूको लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । अरुको पनि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । सुरुमा पैसाको मामिलामा खासै फरक नपरे पनि साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । गृहस्थीहरूमा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक र परोपकारका काममा दिलचस्पी बढ्ने समय छ, त्यस्तै आजको दिन कुनै लामो समयदेखि हाँके र ताकेको पुरानो काम बनाउने समय हो, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु चाहिं राम्रो हुँदैन । दिउँसोबाट आफ्नै कामकाजमा घोरिनुपर्ने भएकाले साथीसङ्गी वा इष्टजनको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च गर्नुपर्ने परिस्थिति छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा खासै उपलब्धी हुँदैन । शरीरमा आलस्य र तन्द्रा जाग्ने दिन हो, मन अशान्त बन्नसक्छ, तनाव र उल्झन झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाइने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । भोज वा पार्टीमा सहभागी बन्ने समय छ, मेवामिष्ठान्न आदि खाने अनुकूलता हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कर्मचारीले विशिष्टजन वा हाकिम खुसी पार्ने समय हो । छात्रछात्राले गुरुजन वा अग्रजको सल्लाहले नसुल्झिएको गुत्थी सुल्झाउन पाउने छन । गृहिणीहरूमा परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन । आज सबैका लागि दिनदुःखीलाई सानो सहयोग गरेमा भाग्योन्नतिको अवसर पाउन सक्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ । बोलीमा मिठास आउने छ । छात्रछात्राले मौखिक क्रियाकलापबाट लाभ पाउने छन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ, आजबाट मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । तर आजको दिन दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै हुने समय छ । अब नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गरी छाड्ने समय हो, दिन ढल्दै जाँदा निर्णय सबल बन्दै जानेछ, त्यसैले धैर्यता र संयमताका साथमा काम गर्ने दिन छ । छात्रछात्राले प्रतियोगितात्मक क्रियाकलापबाट लाभ पाउने छन । बन्दव्यापारमा संलग्नहरूका लागि धनागमको बाटो सहज देखिन्छ, आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा सहभागी बन्नुपर्ने भएकाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ । गृहिणीहरूका लागि घरायसी वातावरणसमेत निराशापूर्ण हुनेछ, पुरानो लेनदेन वा प्रशासनिक झमेलाले पिरोल्न सक्छ । खानपिनको समयमा पनि हेरफेर हुने समय छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । गरेका काममा सोचेबमोजिम साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने दिन हो, छात्रछात्राले मनोरञ्जनात्मक क्षेत्रमा ध्यान दिनाले पठनपाठन बिथोलिने समय छ

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *