स्विस सरकारले कोरोना रोकथाममा लगाएको धेरै जस्तो प्रतिबन्ध हटायो, दुइ बर्ष पछि जनजिबन समान्य हुँदै
Share

photo- 20 Min.
स्विस संघीय सरकारद्वारा कोरोना रोकथामको लागि लगाइएको धेरै जसो प्रतिबन्धहरु आज १७ फेब्रुअरी २०२२ बिहिबारबाट लागुहुने गरि फुकुवा गरेको छ । सन २०२० को सुरुवात देखि लागाइएको धेरै जसो प्रतिबन्धहरु हटाउने निर्णय गरेको हो । स्विट्जरल्याण्डमा कोरोना महामारी सुरु भएदेखि नै कुनै न कुनै रुपमा बिभिन्न प्रतिबन्धहरु रहँदै आएका थिए ।
कोरोना संक्रमितको संख्यामा खासै कमि नआए पनि संक्रमित भएर अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्यामा कमि आउनु। र स्विसका धेरै जसो जनसंख्याले कोरोना बिरुद्धको दोश्रो र तेस्रो खोप लगाइसकेको लगाएत आदि तथ्यलाइ मध्यनजर गर्दै संघीय सरकारले अब पहिले जस्तै सामान्य जीवनमा फर्कने निर्णय गरेको हो।
स्विस संघिय सरकारका स्वास्थ्य मन्त्रि अंला बार्सेले हिजो १६ फेब्रुअरी बुधवारका दिन पत्रकार सम्मेलन मार्फत धेरै जसो प्रतिबन्ध हटाइएको र बाँकी रहेका केहि प्रतिबन्ध पनि मार्च अन्त्य सम्ममा हटाइने।र अप्रिलको सुरुदेखि स्विटजरल्याण्ड सामान्य स्थितिमा फर्कने आशा रहेको जानकारी गराएका छन् । धेरै जसो प्रतिबन्ध हटाए पनि “कोरोना महामारी आपतकालिन” स्थितिको अन्त्य भने अहिलेनै गर्न हतार हुने बताउंदै एप्रिल एक २०२२ देखि उक्त संक्रमणकालको पनि अन्त गरिने मन्त्रि बार्सेले जानकारी गराएका छन् ।
आज १७ फेब्रुअरी २०२२ बिहिबार देखि रेस्टुरेन्ट, बार, क्याफेटेरिया, पसल, सपिङ्सेन्टर,फ्लिम हल,थियटर तथा सर्बजनिक ठाउंहरुमा बिना मास्क प्रबेश गर्न पाइने छ भने कोभिड सर्टिफिकेट देखाउनु पनि जरुरी छैन ।
-खुल्ला वा बन्द ठाउं भित्र गरिने सभा सम्मेलन,भेला आदिको लागि लगाइएको सिमित ब्यक्तिको प्रतिबन्ध रहने छैन ।
-फिटनेस क्लब, बिभिन्न खेलकुद,(इन्डोर, आउटडोर) बिना मास्क बिना कुनै प्रतिबन्ध संचालन गर्न पाइने छ।
-अनिबार्य होम अफिस खारेज भएको छ।
-अफिस,कार्यलय, कार्यक्षत्र मा मास्कको अनिबार्य प्रयोग हटेको छ।
के के बाँकी रहेका छन त ?
-सार्बजनिक यातायात, स्वास्थ्यसंस्था ,(अस्पताल/क्लिनिक) मा मास्क प्रयोगलाइ मार्च अन्त्य सम्म अनिबार्य गरिएको छ।
-कोरोना संक्रमितले मास्क प्रयोग र इसोलेसन अनिबार्य गरिएको छ ।
-कोरोना लक्षण भएकाहरुलाइ र कोरोना संक्रमितसंग नजिकको सम्पर्कमा रहेकाहरुको कोरोना परिक्षण फ्रि रहने छ।