Type to search

Uncategorized

लकडाउनको २७ औँ दिन

Share

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको बन्दाबन्दी अर्थात् लकडाउनको २७ दिन भएको छ ।यसबीचमा गरिएको कोरोना परीक्षणमा ३१ जनालाई संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये तीन जना सफल उपचारपछि आ–आफ्ना घर फर्किएका छन् ।

संक्रमित दुईजना निको भएर अस्पतालबाट घर गएकै दिन शनिबार हिजो उदयपुरमा अर्का एकजनालाई संक्रमण पाइएको थियो । उपचारपछि निको भएर घर फर्किनेमा काठमाडौं र बाग्लुङकी एक/एक जना हुन् । एक जना भने त्यसअघि नै निको भएर घर गैसकेको थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको छन् । अहिलेसम्म उपत्यकामा पाँच र उपत्यका बाहिर १ सय १२ जना गरी १ सय १७ जना एकान्तवासमा छन् ।

८ हजारभन्दा बढीमा कोरोनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख छ । ७ हजार ९८७ जनामा संक्रमण देखिएको छैन । अहिलेसम्म जम्मा परीक्षण २७ हजार ४७१ जनाको गरिएकोमा र्यापिड टेस्टको संख्या १९ हजार ४५४ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएपछि र नेपालमै पनि संक्रमित फेला पर्न थालेपछि सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेको थियो । बन्दाबन्दीले नागरिकको दैनिक जीवन र सामाजिक क्रियाकलाप भने ठप्प भएको छ ।

अत्यावश्यक काम र सेवाका लागि भने छुट दिइएको छ । सरकारले विहान तीन घन्टाका लागि मात्र अत्यावश्यक सामग्री खरिद गर्न समय दिएको छ ।सुरक्षाकर्मीहरुले लकडाउनमा कडाई गरेका छन् । सडकका चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् भने अत्यावश्यक सेवाका सवारी साधन लाई मात्र गुड्न अनुमति दिइएको छ ।

बन्दाबन्दी बैशाख १५ गतेसम्म लम्ब्याइएको छ । बन्दाबन्दी लम्बिँदा देशभरका दैनिक श्रम गरेर खानुपर्ने श्रमिक, मजुदूरहरु मारमा परेका छन् ।
उनीहरु खानै नपाएपछि आ–आफ्नो घर जान भनेर पैदलै हिडेर गन्तव्यतर्फ लागेको दृश्यसमेत योबीचमा देखियो । शनिबारदेखि भने यस्ता अलपत्र भएकाहरुलाई सामान बोक्ने ट्रकहरुले गन्तव्यसम्म लगिदिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *