एनआरएनए स्विटजरल्याण्डको अध्यक्षमा शुभा एल्मर लामा निर्बिरोध
Share
![](https://swissnepal.com/wp-content/uploads/2021/07/206039360_226960525808399_1976598201306592280_n-1-820x394.jpg)
गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्को अध्यक्षमा शुभा एल्मर लामा लगाएत सम्पुर्ण टिम निर्बिरोध निर्बाचित भएको छ।
स्विट्जरल्याण्डको राजधानी बेर्नमा आज ११ जुलाई आइतवारको दिन आयोजित सातौं राष्ट्रिय महाधिवेशनबाट सन् २०२१-२०२३ को नयाँ कार्यसमिति निर्बाचन कमिटिले घोषणा गरेको हो। गत शुक्रवाबर सम्मको लागि उमेद्धवारी मनोनयनको समयसिमा निर्बाचन कमिटिले तोकेको थियो। उक्त समयअबधि भित्र अध्यक्षमा शुभा एल्मर लामाको मात्रै उमेद्धवारी परेको थियो भने आइ सि सि सदस्यमा सिमा गौतमको मात्र उमेद्धवारी परेपछि दुवै निर्विरोध निर्वाचित भएकी हुन्।
एनआरएनए स्विटजरल्याण्डको इतिहासमा अध्यक्ष र आईसीसी सदस्य दुबैमा महिला रहेको र दुवै निर्बिरोध निर्बाचित भएको सम्भवत यो पहिलो पटक हो।
आज ११ जुलाई आइतवारको दिन सम्पन्न अधिबेशन बाट २०२१-२०२३ को कार्यकालको लागि निर्बाचित समिति यस्तो रहेको छ।
अध्यक्षः शुभा एल्मर लामा
उपाध्यक्षः प्रमोद भट्ट
उपाध्यक्षः शुक्र श्रेष्ठ
महासचिबः क्रिष्ण प्रसाद सिबाकोटि
सचिबः जिबन भट्टराइ
कोषाध्यक्षः राकेश चन्द्र प्रजापति
महिला सम्योजकः चम्पा ज्ञावलि
युवा सम्योजकः बिनु सुनार
प्रबक्ताः एम काउछा
आइ सि सि सदस्यः सिमा गौतम अर्याल