Type to search

Uncategorized स्विस/प्रवास

एनआरएनए स्विजरल्याण्डद्वारा सहयोग गर्न अनुरोध

Share

बेर्न। गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डले गैर आवासीय नेपालीलाई सहयोग गर्नको लागि अनुरोध गरेको छ । विश्व भर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९, सलहको प्रकोप मात्र नभएर पछिल्ला दिनमा नेपालमा भएको अविरल वर्षाका कारण उत्पन्न परिस्थितिका कारण आएको बाढी, पहिरो र डुबानका कारण भएको जनधनप्रति दु:ख व्यक्त गर्दै पीडितको घाउमा मलमपट्टी लगाउने उद्देश्यले सहयोगको लागि अनुरोध गरेको हो ।

बाढीपिहरोका कारण नेपालका विभिन्न स्थानहरुमा ठूलो रुपमा मानिवय तथा भौतिक सम्पितको क्षति भएको भन्दै एनअरएनएले स्विटजरल्याण्डले विज्ञप्ती प्रकाशित गरी प्रकोपमा परी ज्यान गुमाउने प्रती भावपुर्ण श्रदाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

“आफ्नो मातृभूमिमा परेको यो महाविपत्तीको वेला विदेशमा रहेका हामी नेपाली समुदायको स-सानो सहयोगले ठूलो राहत पुग्नसक्ने भएकोले यस अप्ठ्यारो अवस्थामा बाढी तथा पहिरोबाट पीडित परिवारको सहयोगका लागि गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको खातामा आफुले सकेको सहयोग गरीदिनुहुनका लागी हामी सहयोग गर्न इच्छुक सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ दिदीबिहिनहरुलाई हार्दिक अनुरोध गर्दै गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले विज्ञप्ति जारी गरेको छ।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको खातामा जम्मा भएको रकम गैर आवासीय नेपाली संघले (अन्तरराष्ट्रिय समन्वय समितिले) स्थापना गरकेो “बाढी पहिरो पीडित राहत कोषको” खातामा पठाइने स्पष्ट पारेको छ।

सहयोग गर्नेहरुले एनआरएनए स्विट्जरल्याण्डको Non-Resident Nepali Association Switzerland Account No. 85-497960-9 IBAN: CH74 0900 000 8549 7960 9 BIC POFICHBEXXX खातामा रकम जम्मा गर्न सक्नेछन् । यस सम्बन्धी थप जानकारी लिनुपरमेा संघका कोषाध्यक्ष प्रमोद भट्टको सम्पर्क नम्बर:076 416 48 00 मा सम्पर्क गर्नअनुरोध गरेको छ ।

अन्य थप जानकारी चाहिएमा

शिव सुब्बाको नम्बर 079 945 12 55,

सुभा एल्मर लामाको 079 832 75 77,

कृष्ण सिवाकोटीको 076 339 87 00 र

लक्ष्मण देवकोटाको 0779208877 मा सम्पर्क गर्न सकिने गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *