Type to search

Uncategorized राशिफल

आजको राशिफल बि.सं. २०७७ साल वैशाख ६ गते शनिबार ई. सं. २०२० अप्रिल १८

Share

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल वैशाख ६ गते शनिबार
आजको राशिफल बि.सं.२०७७ साल वैशाख ६ गते शनिवार ई. सं. २०२० अप्रिल १८, नेपाल सम्बत ११४० चौलागा एकादशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण एकादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शुक्ल योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३७ बजे, सूर्यास्त साँझ ०६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय विहान ७ बजेर १३ मिनेट देखि ८ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन। सम्मान र साख आर्जन गरिने छ। अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन। चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुनेछ। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ बगलामुखी देव्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बिहान धर्म, दर्शन र अध्यात्म तर्फ मन आकर्षण हुनेछ। आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ। लामो दूरीको यात्राका लागि अनुकूल समय छ। दाम्पत्य सुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउनेछ। दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ। आत्मविश्वासमा अभिबृद्धि हुनेछ। मातापिता र अभिभावकवर्ग सँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ। कर्मचारीले प्रशंसा पाउनेछन। घरायसी काममा दिलचस्पी बढ्नेछ। कर्मसिद्धिको समय छ। आम्दानीमा कमी आउने छैन। आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ ग्रामदेवताभ्यो नमः÷ॐ स्थानदेवताभ्यो नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गरेका प्रयासमा ढिलै भएपनि सफलता आर्जन गर्न सकिने छ। सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन। पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ। दिउँसोबाट भाग्यस्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्न सक्छ। पारिवारिक समस्याहरू हल हुनेछन। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ गुरवे नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्य सम्पादन हुने दिन छ। आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ। मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ। सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ। प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ। स्वास्थ्य क्षेत्रमा समेत राम्रो छैन। छोटो दूरीको निरर्थक यात्रा हुने योग छ। आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ कालभैरवाय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो। तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ। दिनभरि मन प्रफुल्ल रहनेछ। शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ। घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनु पर्नेछ। खानपिन, घुमघाम एवं भेटघाटको बेला छ। दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ। आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ इन्द्राण्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा दिन बित्नेछ, घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ। यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। खर्च बढ्न सक्छ। रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ। आत्मबल र संयमता गुमाउनु हुँदैन। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ नागदेवताभ्यो नमः ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन। गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ। ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ। डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउनसक्छ। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ सरस्वत्यै नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सुरुमा सामाजिक र परोपकारका क्षेत्रमा केही समय व्यतीत हुनसक्छ। तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ। बन्दव्यापारमा भने जस्तो सफलता प्राप्त हुँदैन। प्रेम र प्रणय सम्बन्धमा तिक्तता आउन सक्छ। मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ सो ंसोमाय नम ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइनेछ। व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ। आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन। पारिवारिक सुख मिल्नेछ। मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सकारात्मक सङ्केत देखिनेछ। चाहनाबमोजिम कार्यसम्पन्न गर्न सकिनेछ। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ हं हनुमते रुद्रात्मकाय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिन रमाइलो गरी बित्नेछ। सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ। पारिवारिक खुसी मिल्नेछ। आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन। महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ। विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ। स्वास्थ्य सबल छ। बन्दव्यापारमा फाइदा छ। आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ महालक्ष्म्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजबाट खराब र दिक्कलाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ। दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन। अधुरा कामहरू पूर्ण हुन थाल्नेछन। स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ। आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नुपर्नेछ। वादविवादमा विजय प्राप्त हुनेछ। परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ। आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ बक्रतुण्डाय नमः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ। विशेष ज्ञानको उदय हुनसक्छ। कामप्रति लगनशीलता बढ्नेछ। पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ। तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ। दैनिक कामकाजको चाप बढ्न सक्छ। घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि र तनाव हुनसक्छ। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ कें केतवे नमः ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *