Type to search

स्विस/प्रवास

स्विट्जरल्याण्डको बादेनमा चलचित्र छक्का पन्जा ४ प्रदर्शन हुने

Share

यही आउँदो मे २८ तारिख आइतवारको दिन स्विट्जरल्याण्डको बादेनमा गैर आवासीय नेपाली संघ स्विट्जरल्याणडद्वारा नेपाली कथानक चलचित्र छक्का पन्जा ४ प्रदर्शन गर्ने भएको छ। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले चलचित्रबाट उठेको रकम One NCC One Project अन्तर्गत स्कूल भवन निर्माणका लागी कैलालीमा आर्थिक सहयोग गर्ने जानकारी गराएको छ ।

दिपकराज गिरीको कथा, हेमराज बीसीले निर्देशन गरेको चलचित्र छक्का पन्जा ४ मा दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

स्थान : Oelrainstrasse 21, 5400 Baden
समय : १४ :३० देखि अपेरो सुरु
१६:०० बजे देखि चलचित्र छक्का पन्जा ४ प्रदर्शन सुरु।

प्रवेश शुल्क : २५ स्विस फ्रान्क

जानकारीको लागि सम्पर्क :

विजया भट्ट ०७८ ६५६ ६६ ३१
शुभ एल्मर लामा ०७९ ८३२ ७५ ७७

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *