Type to search

स्विस/प्रवास

स्विट्जरल्याण्डको जुरिचमा मनाईयो तीज कार्यक्रम

Share

गत २७ सेप्टेम्बर २०२२ शनिवारको दिन गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड्द्वारा आयोजित हिन्दु महिलाहरुको हरितालिका तिज कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्विस तथा जर्मनी,फ्रान्स,पोर्चुगल र अस्ट्रिया बसोबास गर्ने नेपाली र नेपाल प्रेमी बिदेशीहरुको उल्लेखनीय उपस्थित रहेको थियो। कोरोना महामारीका कारण एक आपसमा भेटघाट हुन लामो समय देखि बन्चित भएको अनुभूतिलाइ बिर्साउन उपस्थित सम्पूर्ण नेपाली दिदीबहिनीहरु रातैराता पहिरनमा सजिएर नाचगान गरी हर्षोउल्लासका साथ हरितालिका तीज मनाएका थिय।

एनआरएन स्विट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामा सहित आईसिसि सदस्य सिमा गौतम अर्याल , गायिका रिता केसी र स्विट्जरल्याण्डकी महिला संयोजक चम्पा ज्ञवाली रुकस्टुलद्वारा उक्त तिज कार्यक्रम दियो बालेर संचालन गरिएको थियो । स्विट्जरल्याण्डको जुरिच कान्टोन स्थित सेबाखमा आयोजित उक्त कार्यक्रमलाइ एनआरएनए महिला फोरम स्विट्जरल्याण्डकी संयोजक चम्फा रुकस्टुल ज्ञवालीले संचालन गरेकी थिइन्। कार्यक्रम भाषण रहित भएका कारण उपस्थित सबैले रमाइलो र आनन्द लिएका थिय।

दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई यस्ता नेपाली कला र सांस्कृतिक कार्यक्रमले टेवा पुग्ने हुनाले आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्ने अध्यक्ष शुभ एल्मर लामाले बताउंदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएकी थिइन्।

युरोप भ्रमणमा रहेकी चर्चित लोक तथा दोहोरी गायिका रिता केसीले आफ्ना लोकप्रिय गीतहरु सुनाएकी थिइन् । २०१८ मा पनि स्विट्जरल्याण्डमा आएर प्रस्तुति राखिसकेकी गायिका केसीले स्विट्जरल्याण्डबासी दिदिबहिनीलाई पुरानै पलहरु स्मरण गराएकी थिइन् । गायिका केसीको मिठो तीजे भाकाले उपस्थिति सबैलाइ धितमर्ने गरी कम्मर मर्काइ मर्काइ नाच्न बाध्य बनाएको थियो भने कार्यक्रममा गायिका केसीसँग स्थानीय कलाकार नवराज घिमिरेको डाँडा घरे साँईली भाकामा दोहोरी घम्साघम्सी समेत चलेको थियो। कार्यक्रममा अष्ट्रिया निवासी निर्मला डंगोलले “हाँसो योगा”पनि प्रस्तुति गरेकी थिइन्। नारायण थापा ,चम्फा रुकस्टुल ज्ञवाली र निर्मला डंगोलको नृत्य प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो।डिजेको प्रस्तुतिले पनि तीज कार्यक्रम संगितमय बनेको थियो। । दल पुन र शशी शंकर यादवको समुहले खानाको ब्यबस्था गरेका थिय ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *