Type to search

स्विस/प्रवास

स्विटजरल्याण्डका नेपालीले भारतीय दुताबासमा ज्ञापन पत्र बुझाए

Share

गैर आवासीय नेपाली संघ स्विटजरल्याण्ड , प्रबासी नेपाली एकता मंच स्विटजरल्याण्ड र जनसम्पर्क समिति स्विटजरल्याण्डले संयुक्त रुपमा भारतीय दुताबास स्विटजरल्याण्डमा ज्ञापन पत्र बुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ सम्बोधन गरिएको ज्ञापन पत्रमा लिपुलेक हुँदै कैलास मानसरोबरको बाटोमा नेपाली भूभाग प्रयोग भएको भन्दै बिरोद गरिएको छ । त्यस्तै कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको र सुगौली सन्धि लगाएतका दस्ताबेजले उक्त भूभाग नेपालको भएको प्रमाणित गर्ने, भन्दै अतिक्रमित भुमि फिर्ताको माग गरिएको छ।
प्रबासी नेपाली एकता मंच स्विटजरल्याण्डको अगुवाइमा भारतीय दुताबासमा ज्ञापन पत्र दिने पहल भएको थियो । स्विटजरल्याण्डको राजधानी बर्न स्थित भारतीय दुताबास अगाडी बिरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाउनको लागि स्थानिय प्रहरी प्रशासन संग स्वीकृतिको लागि अनुरोध गरेपनि स्थानिय प्रशासनले कोरोनाको कारण देखाउंदै बिरोध प्रदर्शनको लागि अनुमति प्रदान नगरेपछि उक्त ज्ञापन पत्र हुलाक मार्फत बर्न स्थित भारतीय दुताबासमा पठाईएको हो।

ज्ञापन पत्र हेर्नुहोस
तस्बिर – सांकेतिक तस्बिर गत बर्ष नोभेम्बर महिनामा भएको बिरोध प्रदर्शनको

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *