Type to search

स्विस/प्रवास

युरोप स्तरीय “होम स्टार” प्रतियोगिता आयोजना गरिदै

Share

-प्रकाश सापकोटा

कोभिड-१९ को महामारीका कारण युरोपियन मुलुकहरुमा लकडाउन संगै घर भित्र बस्न बाध्य स्थानीय नेपाली कलाकारहरुलाइ हौसला प्रदान गर्दै उनीहरुका प्रतिभालाइ सबै माझ पुर्याउने उदेश्यले युरोप स्तरीय होम स्टार कार्यक्रम सुरु भएको छ।

लकडाउनको अवस्थामा घर बाट बाहिर जान, भेला हुन, सभा सम्मेलन र प्रतियोगिताहरु आयोजना गर्न निषेध गरिएको छ। यस कठिन अवस्थामा युरोपमा बस्ने सबै प्रतिभावान नेपाली कलाकारहरुलाइ एक नयाँ भर्चुअल मंचमा जम्मा गर्दै प्रतिस्पर्धा गराउने रचनात्मक कार्यक्रम “होम स्टार” को अवधारणा अगाडी सारिएको छ । कार्यक्रममा भाग लिन कलाकारहरुले घर बाटै आफ्ना प्रस्तुतीहरु भिडियो मार्फत पठाउनु पर्ने हुन्छ। युरोप भर बाट आउने ति प्रस्तुतीहरु मध्य सबै भन्दा धेरै हेरिएको र लाइक गरिएकोलाइ विजेता घोषित गरिने आयोजकहरुले बताएका छन ।  

आभाष आचार्य प्रोडक्सन र पेरिसनेपाल डट कमको संयुक्त पहलमा सन्चालन हुने यस कार्यक्रमले लकडाउनमा दिक्क भएका नेपालीहरुलाइ मनोरञ्जन प्रदान गर्दै कलाकारहरुलाइ हौसला दिन, यस फुर्सदिलो समयको  सदुपयोग गर्दै रचनात्मक कार्यमा नेपालीहरुको ध्यान केन्द्रित गर्न, नेपाली भाषा कला संस्कृतीलाइ प्रवासमा प्रवर्द्वन गर्न सबै उमेर समूहलाइ कार्यक्रममा सहभागी गराउने उदेश्य राखेको छ ।

गत २६ अप्रिल बाट सुरु भएको कार्यक्रममा हालसम्म युरोपका बिभिन्न देशहरु बाट ४० भन्दा बढी कलाकारहरुका भिडियोहरु प्राप्त भएका छन भने अझै दर्जनौ प्रस्तुतिहरु आउने क्रममा रहेको आयोजकहरुले बताएका छन । प्रतियोगितामा भाग लिन इमेल वा म्यासेन्जर मार्फत आफ्नो प्रस्तुति पठाउनु पर्ने हुन्छ । पहिलो चरणमा ५ जना छानिनेछन । उत्कृस्ट ५ ले पुनः आफ्ना दोस्रो प्रस्तुति पठाउनु पर्ने छ । विजेतालाइ पुरस्कार तथा आभाष आचार्य प्रोडक्सनको तर्फ बाट नयाँ भिडियोमा प्रमुख कलाकारको रुपमा काम गर्ने अवसर आदि दिइने भएको छ ।

अहिलेको अप्ठ्यारो परिवेशमा यस मनोरन्जनात्मक कार्यक्रमलाइ सवै क्षेत्र बाट सकारात्मक रुपमा लिइएको छ । बसन्त ऋतुको सुरुवात संगै आयोजना गरिने बिभिन्न संस्कृतिक कार्यक्रमहरु एकपछि अर्को गर्दै रद्ध भैरहेको अवस्थामा यस भर्चुअल प्रतिस्पर्धात्मक कार्यक्रमले नयाँ सुरुवातको थालनी गरेको छ । 

सामान्य अवस्थामा पनि प्रवासका बिभिन्न देशमा छरिएका कलाकारहरुलाइ एउटै मंचमा जम्मा गरेर कार्यक्रम गर्न निकै गार्हो हुने आयोजकहरु बताउने गर्दछन । त्यस्तै कलाकारहरुलाइ पनि काम वा पढाइ छोडेर कार्यक्रमकै लागि यात्रा गर्न गाह्रो हुने गरेको छ । यस्ता कार्यक्रमहरुलाइ प्रतिस्पर्धा भन्दा मनोरन्जनको रुपमा लिएर अवका दिनहरुमा डिजिटलरुपमै प्रारम्भिक छनोट कार्यक्रम गर्दा लुकेका प्रतिभाहरुलाइ पनि अगाडी आउन प्रेरणा दिने सहभागी कलाकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *