Type to search

मुख्य समाचार स्विस/प्रवास

युरोप भरी कोरोना भाइरसको तनाव !! स्विस सरकारले गर्यो नयां नियमहरु सार्वजनिक

Share

स्विटजरल्याण्ड लगाएत युरोप भरी कोरोना भाइरसको दोश्रो लहर शुरु भए लगतै युरोप भरिका देशहरुले बिभिन्न रोकथामका उपायहरु अपनाएका छन्। कतै लक डाउन त कतै मिनि लक डाउन। कतै कठिन र कडा नियमहरु लागु गरेका छ्न। कतिपय देशहरु नयाँ नियम सार्बजनिक गर्ने तयारीमा लागेका छ्न।

स्विट्जरल्याण्ड सरकारले आज सार्बजनिक गरेको नयां नियमहरु
कोरोना भाइरसको दोश्रो लहर स्विसमा बढ्न थालेपछि स्विस सरकारले आज २८ अक्टोबर बुधवार नयां नियमहरु सार्बजनिक गरेको छ। स्विस सन्धिय सरकारले आज एक बिशेष पत्रकार सम्मेलन गरेर नयां नियमहरु सार्वजनिक गरेको छ। जुन आज मध्यरात २९ अक्टोबर बिहिबार बिहान देखि अनिश्चित समय सम्म स्विस भरि लागु हुने बताइएको छ। आजको पत्रकार सम्मेलनमा स्विस सन्घिय सरकार प्रमुख सिमोनेता सुमारुघा , स्वास्थ्य मन्त्रि अला बार्से, र बाणीज्य मन्त्रि गि पार्मेला उपस्थित थिय।

  • स्विस भरिका डिस्कोथेकहरु र डान्सक्लब, डान्स स्टुडियोहरु अनिस्चित कालका लागि बन्द रहने छ्न।
  • रेस्टुरेन्ट- बार हरु रातको २३:०० बजे देखि बिहान ६ बजे सम्म बन्द रहने छ्न।
  • रेस्टुरेन्टमा एक टेबलमा बढिमा ४ जना मात्र बस्न पाइने छ। यदि एउटै परिवार हो भने बढि पनि पाइने छ।
  • ५० जाना भन्दा बढिको सार्बजनिक कार्यक्रमहरु निषेध गरिएको छ। जस अन्तर्गत बिबाह, चर्चका कार्यक्रम, दाहासंस्कार लगाएत पर्नेछ्न।
  • बिभिन्न खेलकुद र कल्चरल कार्यक्रमहरु बढिमा १५ जना सम्मको बिचमा सिमित गरिएको छ।
    -उच्च माध्यामिक तहको पढाइलाइ अनलाइन मार्फत मात्र गर्न पाइने।
  • स्विस भरि मास्क प्रयोलाइ अनिबार्य गरिएको छ। अब मानिसको धेरै भिडभाड हुने ठाउंमा पनि मास्कको प्रयोग अनिबार्य गरिएको छ भने बाटोमा जहा धेरै हिडडुल हुन्छ र दुरि कायम गर्न नसकिने स्थानमा पनि मास्क प्रयोगलाइ अनिबार्य गरिएको छ।

बिगत केहि दिन देखि स्विटजरल्याण्डमा दिनहुं करिब ६ हज्जारको दरले कोरोना संक्रमितले वृद्धि भएपछि स्विससरकार कडा नियम ल्याउन बाध्य परेको छ । आउने हप्ता दश दिन सम्म पनि संक्रमितहरुको संख्या बढ्दै गएमा पूर्ण रूपमा दोश्रो लक् डाउन गर्नु पर्ने बाध्यता हुन सक्ने संकेत गरेका छन्। त्यस्तै बिज्ञहरुले स्विसका अस्पताल भरिने र बेडको अभाब हुने पनि चेतावनी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *