Type to search

स्विस/प्रवास

भारतले नेपाली भूमिमा सडक मार्गको उद्घाटन गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण

Share

आदर्णीय स्विटजरल्याण्ड बासी दिदिबहिनी एवं दाजुभाई हरुमा नमस्कार ।
भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ । यसअघि पनि भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको संघ कडा भत्सर्ना गर्दछ । भारत सरकारको पटक – पटकका यस्ता कदम अन्तर्राष्ट्रिय कानून विपरित तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको संघको ठहर छ ।
नेपालको भूमि (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरी जारी गरेको नक्सा सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना अभिलम्ब फिर्ता गरी उच्च स्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट जारी सीमा विवाद समाधान गर्न जोडदार माग गर्नका निमित्त संघको तर्फबाट सम्पूर्णए स्विटजरल्याण्ड बासी दिदिबहिनी एवं दाजुभाईहरुमा तल दिएको लिङक मा गई हस्ताक्षर गरिदिन हुन अनुरोध छ ।

https://www.change.org/p/nepal-claiming-the-land-of-kailash-mansarovar-passes-through-lipulekh-a-territory-of-nepal?signed=true
Sign the Petition
Claiming the land of “Kailash-Mansarovar passes through Lipulekh” , a territory of Nepal.
www.change.org
मे ३१, २०२० भित्र हस्ताक्षर संकलन गरिनेछ ।
जुन १, २०२० मा संकलित हस्ताक्षर गरी भारतीय दूतावास – स्विटजरल्याण्ड लगायत गैर आवासीय नेपाली संघ को केन्दीय कार्यालय मा पठाइने छ।
जुन ५, २०२० – NRNA ICC ले सबै अनलाइन हस्ताक्षरहरू संकलन गरी भारतीय दूतावास – काठमाडौं नेपाल, गृह मन्त्रालय, काठमाडौं र विदेश मन्त्रालय, काठमाडौं नेपालमा बुझाइनेछ ।
शिवकुमार सुब्बा
अध्यक्ष
गैर आवासीय नेपाली संघ, स्विटजरल्याण्ड

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *