Type to search

स्विस/प्रवास

बर्षाका कारण प्रभावित भएकाहरुलाई सहयोग गर्न एनआरएनए स्विटजरल्याण्डको अपिल

Share

आदरणीय स्विसबासी दाजुभाइ तथा दिदीबहिनीहरु,
हार्दिक नमस्कार |
नजिकै आउंदै गरेको तिहारको आग्रिम शुभकामना !

नेपालका पूर्वी तथा पश्चिमि भेगहरुमा गत हप्ताको अबिरल बर्षाको कारण थूप्रै मानिसहरुले ज्यान गुमाउनुको साथै धेरै धनजनको क्षति संगै थूप्रै घर बस्तीहरु प्रभावित भएका छन् ।
यसबाट दिवगत हुनुभएका ब्यक्तिका परिवार प्रति एनआरएनए स्विट्जरल्याण्ड हार्दिक समवेदना प्रकट गर्दछ।
पहिलो चरणको आपत्कालिन राहतको लागि गैर आवासीय नेपाली संघले कञ्चनपुरको चांदनी दोधारा तथा भिमदत्त नगरपालिकाका ३०० बाढी प्रभाबितलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरी सकेको छ । अझै पनि थुप्रै बाढी पीडितहरु सम्म राहत पुग्न सकेको छैन।

गैरआवासीय नेपाली संघले मातृभूमीमा आइपरेको आपत विपतमा जहिले पनि सहयोग गर्दै आएको यहाँहरुलाई अवगत नै छ । एनआरएनए आईसिसीले सबै एनसिसीहरुलाई सहयोग गर्न अपिल गरेकोले एनआरएनए स्विट्जरल्याण्ड यस मानवीय कार्यको लागि ईच्छुक महानुभावहरुमा आफूले सकेको सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।

सहयोग गर्न ईच्छुक महानुभाव् हरुले एन आर एन ए स्विटजरल्याण्डको खातामा रकम जम्मा गर्दा बाढी पीडितको लागि भनेर रिमार्क्स लेख्न नभुल्नु होला |
धन्यवाद

एनआरएनए स्विटजरल्याण्डको खाता :

Non Resident Nepali Association, Switzerland
PostFinance AG (9000)
Account Nr. 854979609
IBAN: CH7409000000854979609
1200 Geneva
Schweiz

सम्बन्धित बिषयमा जानकारी लिनुपरेमा
संपर्क:
President : Subha Elmer-lama : 079 832 75 77
Mahasachib : Krishna Shiwakoti 076 339 87 00

ICC member Seema Gautam : 078 819 27 36

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *