Type to search

स्विस/प्रवास

फजिलद्वारा अभिनित “जित्ना जिया हे ” बोलको म्युजिक भिडियो युटुबमा

Share

विदेशमा नेपालीहरुले बिभिन्न क्षेत्रमा धेरै प्रगति गर्दै आइरहेका छन् I आफ्नो मातृभुमि छोडी विदेशमा भविस्य उज्वल बनाउन गएका नेपालीहरु आ आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्दै आइरहेका छन्।

बिदेशमा आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्दै आइरहेका मध्य एक व्यक्ति हुन् फजिल अहमद I नेपालको मकवानपुर घर भएका फाजिल २०१० सालमा अध्यनको शिलसिलामा लण्डन गएका थिए। अहिले उनि इटालीको मिलान सहरमा बसोबास गर्दै आइरहेका छन् I सोमबार उनै फजिल अभिनित भारतका लोकप्रिय गायकार राज बर्मनको गायन रहेको “जित्ना जिया हे ” बोलको म्युजिक भिडियो युटुबको EROSNOWMUSIC च्यानलबाट दर्शक सामु आएको छ । सो म्युजिक भिडियोमा नेपाली मुलकी लन्डनमा बसोबास गर्दै आएकी प्रतिष्ठा राउतले फजिललाइ साथ दिएकि छिन्। यस अघि पनि फजिलले भारतीय लोकप्रिय गायकार जुबीन नौतियलको “हम नभा मेरे ” भन्ने गितमा अभिनय गरेका थिए । उनै फजिलद्वारा अभिनित “हम नभा मेरे ” भन्ने गित युटुबमा अहिले सम्म ७७ करोडले हेरिसकेका छन।

फजिलले नेपाल लगाएत युरोपमा चर्चित नेपाली गाएक एवम नायक बाबु बोगटीको एल्बम “रिस्पेक्ट” को “थोरै थोरै ” गितको म्युजिक भिडियोमा मोडेलको भूमिका गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *