Type to search

स्विस/प्रवास

प्रवासी नेपाली मंच यूके समाज सेवामा

Share

लन्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले मानविय कार्यलाई थप ससक्त ढंगले अघि बढाएको छ । बेलायतमा सन् २००४ सालमा स्थापना भएको ओएनएफ यूकेले राजनीति चेतनासगै सामाजिक कार्यमा आफुलाई ससक्त ढंगले प्रस्तुत गरि च्यारिटि कार्यक्रमको आयोजना गरेको हो । नेपालीहरुको ठुला चाँडहरु दशैंतिहार, छठ र नेपाल संम्वतको शुभकामना साँझ मार्फत समाज सेवालाई पहिलो प्राथमिकतामा राखेको छ ।

नयाँ कार्यसमितिको पहिलो कार्यक्रमका रुपमा रहेको शुभकामना साँझमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना प्रमुख अतिथिका रुपमा रहेका थिए । उनले बेलायत जस्ता विकसित मुलुकबाट नेपाली समुदायले सभ्यता, मुल्य मान्यता र मानविय कार्य सिकेर नेपालमा लैजानु पर्नेमा जोड दिए । आगामी ५ बर्षका लागि आ -आफ्ना प्रतिनिधि छान्ने संसदको निर्वाचनमा व्यक्तिगत स्वार्थ भन्दा उठेर राष्ट्र निर्माणमा लाग्न सक्ने उम्मेदवारहरुलाई मत दिन अपिल गरे ।

प्रवासी नेपाली मञ्च बेलायत (ओएनएफ यूके) को शुभकामना तथा च्यारिटी साँझमा प्रमुख अतिथी तिमल्सिनाले भने, ‘नेपालमा राजनीतिलाई कमाई खाने भाडो बनाउँने भ्रष्ट नेता र नराम्रोलाई पाखा लगाइदिउं, राम्रो उम्मेदवारलाई भोट मार्फत अवसर दिउं ।’ गलत उम्मेवारलाई भोट हाल्ने र पाँच बर्ष गाली गर्ने परिपाटी मतदाताले पनि अन्त्य गर्नु पर्ने सुझाब उनले दिए ।

पहिलो पटक बेलायत भ्रमणमा आएका तिमल्सिनाले गैर आवासीय नेपालीहरुले बेलायतबाट सुशासन, विकास र समृद्धिका आइडिया स्वदेश लैजान आग्रह गरे । तिमल्सिनाले नागरिकता विधेयक आगामी हिउंदे अधिवेशनबाट पारित गरि गैर आवासीय नेपाली नागरिकताको व्यवस्था हुने आश्वासन पनि दिए ।
ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा सम्पन्न च्यारिटि कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्प तिमल्सिनाले उमेर छदै नेपालमा फर्किन सहभागीलाई आग्रह गरे । ‘म २१ बर्ष युरोप बसेर अन्त्यमा नेपाल नै फर्केको हु तपाईहरु पनि उमेर छंदैमा जन्मभुमी फर्कनहोस’, उनले भने ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले ओएनएफ यूकेले मानविय कार्यको लागि च्यारिटी जस्ता कार्यक्रमलाई प्राथमिकता दिएकोमा प्रशंसा गरिन् । ओएनएफ अध्यक्ष भुसालले प्रवासी नेपाली समुदायभित्र विकास भएको नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृति सँग जोड्दै नेपालीपन विकास गर्नु पर्ने दिशामा अघि बढनु पर्ने बेला आएको धारणा राखे । उनले डास्पोरामा फरक मत खोज्नु भन्दा पनि सबै संघ सस्था बिचमा न्युनतम सहमति हुन सक्ने बिषयहरु खोजेर अघि बढनु पर्ने बताए । आफ्नो संस्था ओएनएफ यो दिशामा अघि बढन तयार रहेको जानकारी पनि उनले दिए ।

कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले ओएनएफ यूकेले च्यारिटि जस्ता मानविय कार्य गरेकोमा धन्यवाद दिए । प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङले बेलायतदेखि नेपालसम्मका मानविय कार्यमा ओएनएफले गरेको काम प्रसंसनिय भएको बताए ।
कार्यक्रम संयोजक ओएनएफ यूके पूर्व अध्यक्ष रामशरण सिम्खडाले ओएनएफ यूकेले अप्ठेरोमा आर्थिक तथा सामाजिक सहयोगलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।
त्यस्तै, शुभकामना साँझमा गायक सपनकुमार राई र गायिका निरुशा भट्टराईको गायन तथा प्रसुना कंडेल, प्रतिभा अधिकारी, बिनु लामिछाने, सुरक्षा पंगेनी लगायतका कलाकारका नृत्य प्रस्तुत गरिएको थियो। उक्त शुभकामना साँझमा सहभागीहरुले विभिन्न नाचगान प्रस्तुत गरेका थिए । संयोजक सिंखडाले तयार गरेको संस्थाको गतिविधि समेटिएको ‘डकुमेन्ट्री’ समेत देखाइएको थियो ।

च्यारिटी साँझबाट संकलन भएको रकम चाडै सार्वजनिक गर्ने ओएनएफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *