Type to search

मुख्य समाचार स्विस/प्रवास

प्रवासी नेपाली मंच बेलायतद्वारा आयोजना गरिएको माता तिर्थ औंसी कार्यक्रम सम्पन्न

Share

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) बेलायतले बिहिबार साउथ इस्ट लण्डनमा माता तिर्थ औंसी (आमाको मुख हेर्ने ) दिन पारेर विशेष कार्यक्रम सम्पन्न गरेको छ । ओएनएफ युके अन्तर्गतको महिला, बाल बालिका तथा जेष्ठ नागरिक बिभागले करिब ३० जना जेष्ठ नागरिक आमाहरुलाई फुल र दोसल्ला ओडाई सम्मान गरिएको हो ।

विभाग प्रमुख सुदेशा बजगाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित आमाहरुलाई पनि फुल र उपहार प्रदान गरिएको थियो । सो विभागको उक्त कार्यक्रममा ओएनएफ युके अध्यक्ष तुगंभद्र भुसाललगायको विशेष उपस्थिति थियो । जीवन बिज्ञान युके प्रशिक्षक सरिता शर्माले संचालन गरेको कार्यक्रमको सुरुवातमा अतिथिहरुलाई पन्च कन्याहरुबाट फुल र खादा दिदै राष्ट्रिय गानबाट शुरु भएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मंच युकेका अध्यक्ष भुसालले विदेशमा पनि हामीले आमाहरु प्रति सम्मान गर्ने जस्ता कार्यक्रमले नेपालीपन झल्कने बताए । उनले यस्ता कार्यक्रमले जनमानसमा संगठन प्रति सकारात्मक सोच रहने धारणा राखे । ओएनएफ अन्तररास्ट्रिय कमिटिका उपसचिव कर्ण शाहीले माता तिर्थऔंसीको महत्व विदेशमा धेरै रहेको बताए ।
अन्तररास्ट्रिय कमिटि सदस्य कल्पना त्रिपाठीले सम्पूर्ण आमाहरु प्रति सम्मान ब्यक्त गरिन । कार्यक्रममा स्थानीय काउन्सिलर जित रानाभाटले सम्पूर्ण आमाहरु प्रति आदरभाव प्रकट गरे । उनले स्थनीय तहमा कुनै समस्या भए सम्पर्क राख्न अनुरोध गरे ।
उपस्थित आमाहरुको तर्फबाट धनमाया गुरुङले सम्मान प्रति आभार प्रकट गरिन । कार्यक्रममा लिला रेग्मी तथा रुक्मिणी मानन्धरले आमाहरु प्रति सम्मान प्रकट गर्दै कविता बाचन गरेका थिए।
उक्त कार्यक्रम सम्पन्न गर्न २१ जना महानुभावले आर्थिक तथा भौतिक सहयोग गरेका थिए । कार्यक्रमको आर्थिक संकलन, सहजीकरण र समन्वय ओएनएफ युके सचिब पुण्य रेग्मी गरेका थिए । मंचका क्षेत्रीय अध्यक्ष अर्क तिम्सिना, सचिब पंकज बजगाईं र युरोपियन कमिटि सदस्य केदार थपलियालगायको विशेष सहयोग रहेको थियो । कार्यक्रमकी अध्यक्ष सुदेशा बजगाईंले उपस्थित आमाहरु प्रति सम्मान प्रकट गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिन ।

कार्यक्रमको समापनमा केक काट्दै उपस्थित सबैलाईभोजन समेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *