Type to search

स्विस/प्रवास

पेरिसमा कर्म स्मारिका बिमोचन

Share

-अनुराधा पौडेल,फ्रान्स

 नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७० औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपाल स्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजे र पेरिस स्थित नेपाली राजदूत दीपक अधिकारीका हातबाट शुक्रबार बिहान पेरिसमा सँयुक्त रुपमा विमोचन भयो ।

नेपाली साहित्यिक मन्च फ्रान्स द्वाराप्रकाशित यो पुस्तक भर्चुअल माध्यम जुममा गरिएको थियो । शुक्रबार फ्रांसेली महान साहित्यकार भिक्टर ह्यूगो को २१९ औ जन्म जयन्तीपनि हो ।

विमोचन कार्यक्रमलाई सँबोधन गर्दै नेपाल स्थित फ्रान्सेली राजदूत जाभिए लेजेले कोभिड १९ ले सृजना गरेको बिषयम परिस्थितिमा पनि यो स्मारिका प्रकाशित गरिएको गर्व गर्दै स्मारिकाले नेपाल र फ्रान्स बीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ पार्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र फ्रान्सको सम्बन्ध दुई देशका नागरिकहरुको आत्मिय विश्वासमा अडेको उल्लेख गर्दै उहाँले नेपाल र फ्रान्स दुवैले पर्यटनका क्षेत्रमा बिबिध बिकासमा बिबिधिकरणको खाँचो औल्याउनुभयो ।

यसैगरी पेरिस स्थित नेपाली राजदूत दीपक अधिकारीले नेपाल र फ्रान्सको कुटनीतिक सम्बन्धको बिकास २० अप्रिल १९४९ मा भएको स्मरण गर्दै यसै सन्दर्भमा तयार गरिएको यो स्मारिका स्तरीय , सुन्दर र वजनदार बिषय बस्तुहरु ले भरिएको छ भन्नु हुँदै दुवै मुलकका बीच बिगतमा ऐतिहासिक भ्रमणहरु भएका र दुई देशहरुका हिमाली सस्कृति र जीवन पद्दती उस्तै खालका देखिने गरेका पनि उल्लेख गर्नुभयो । उहाँले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन आपसी सहयोग समाझदारी र समानातालाई ध्यान दिइएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मानार्थ सांसद तथा नेपाल फ्रान्स मैत्री समूहका पुराना सभापति रोबर्ट ल फलले पनौतीमा रहेको एक मन्दिर पुन निर्माण तथा एक टक्निकल स्कूलमा फ्रान्सेली सहयोगको र गोरखामा स्कूल भबनहरु निर्माण गर्न सहयोग गरेको चर्चा गर्दै आँफू बृद्द हुँदै गएको तर पाल र नेपालीको सझना कहिल्यै मनबाट भाग्न नसकेको बताउनुभयो । उहाँले थप्नुभयो मैले मेरो शहरमा नेपालको सँझना जीवन्त राख्न दुई गल्लीका नामहरु गोरखा र पनौती राखेको छु ।

यसैगरि कार्यक्रममा नेपाल बारे गहन अध्ययन गर्ने खोजकर्ता जेरार्ड तोफाँले नेपाल प्राकृतिक दृश्यमा मात्र नभै भाषा र सँस्कृतिमा बहुत धनी रहेको बताउनुभयो ।
यसैगरी महाकबि लक्ष्मी प्रसाद देवकोटाको बारेमा विद्यावारिधि गर्नुभएका फ्रान्सेली बिद्वान रेमी बोर्दोले महाकवि देवकोटाका केही चुनिएका गीतहरुको फ्रान्सेली भाषामा अनुवाद गरिसकेको र आउने हप्ता यिनै गीतहरुको सँगालो “ल सँतर अम्बुलन्त” भन्ने पुस्तक प्रकाशन गर्न गइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपालका तर्फबाट फ्रान्सका पुराना राजदूतहरु मोहन कृष्ण श्रेष्ठ र अम्बिका माननधर लुइँटेल , अवैतानिक राजदूत डिडिए बेनार्ड , द्वन्द कालमा नेपाललाई कर्मथलो बनाएकी आमन्दिन लामाले पनि बोल्नुभएको थियो । पुस्तकमा बिधिन्न बिधामा पोख्त फ्रान्सेली तथा नेपालीहरुद्वारा लिखित कुल ४४ वटा लेख तथा रचनाहरु छापिएका छन् । जसमा सगरमाथा आरोहण गर्ने पहिलो फ्रान्सेली बयोबृद्द नागरिक पियर माजो ,पुराना फ्रान्सेली राजदूत मिशेल लुमो, नेपालको बारेमा गहन अध्ययन गरिरहनुएका फ्रान्सेली बिद्दवान जेरार्ड तोफाँ ,अवैतानिक बणिज्यदूत दिदिए बेनार्ड, मानार्थ सांसद रोबर्ट ल फल, विद्दवान जुलियँ भासोका फ्रान्सेली भाषाका लेखहरु समेटिएका छन् ।

पुस्तकमा फ्रान्सको तल्लो सदनमा रहेको फ्रान्स नेपाल मैत्री समूहकी अध्यक्ष भेरोनिक रियोर्तोँ र नेपाल फ्रान्स इन्टरपार्लियामेन्टरी ग्रुपका संयोजक एबम पूर्ब प्रधान मन्त्री माधव कुमार नेपालको शुभकामनाहरु समाबेश गरिएको छ । कला र साहित्यको कुनै भूगोल नहुने भन्दै माधव कुमार नेपालले फ्रान्समा नेपाल चिनाउने कर्म स्मारिका र साहित्यिक मञ्चप्रति खुसी व्यक्त गर्नुभएको छ ।

पुस्तक भित्र नेपाल र फ्रान्समा काम गरिसकेका बिभिन्न राजदूत तथा उपयोगी ठेगनाहरु पनि दिइएको छ । मञ्चका सदस्य डा.भानु न्यौपाने द्वारा सन्चालित उक्त कार्यक्रममा मञ्चका आर्का सदस्य सुधीर रानाले विमोचित पुस्तकका बारेमा ,डा. राजेश खतिवडाले फ्रान्सेली महाकबि भिक्टर ह्युगोका बारेमा र अनुराधा पौडेलले महाकबि लक्ष्मी प्रसाद देवकोटाको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सँस्थाका सँयोजक एबम साहित्यकार हरिहर अर्यालले पुस्तक निर्माण गरि प्रकाशन र बिमोचन गर्ने काम संलग्न सबैप्रति आभार ब्यक्त गर्दै धन्यबाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *