Type to search

स्विस/प्रवास

पत्रकार महासंघ युरोप शाखाले अग्रज पत्रकारहरुलाई गर्यो सम्मान

Share

-द्रोण रिजाल, नेदरल्यान्ड्स।

पत्रकारितामा समर्पण गर्दै आउनुभएका अग्रज पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ युरोप शाखाले पचासौ शृंखला समर्पण गर्दै सम्पन्न गरेको छ | २३ जनावरी का दिन भर्चुयल माध्यमबाट गरिएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभन्डारीको प्रमुख आतिथ्यमा बिशेस अतिथिहरु नेपाल पत्रकार महासंघ केन्द्रका पुर्व अध्यक्षज्यूहरुलाई बिशेस सम्मान गर्दै अन्य अतिथिहरु बैदेशिक शाखाका अध्यक्षहरु र प्रेस संगठन, प्रेस युनियनका अध्यक्ष, संयोजक लगायत सम्पूर्णलाइ सम्मान गरेको थियो।

सम्मानित हुनुहुनेमा अग्रज पुर्व अध्यक्षहरु किशोर नेपाल, डा. शुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, डा. महेन्द्र बिष्ट, हरिहर बिरही, होमनाथ दाहाल, बिष्णु निस्ठुरी, शिव गाउँले र बर्तमान अध्यक्ष गोबिन्द आचार्य रहेका छन्।

त्यसै गरि प्रेस युनियन नेपालका अध्यक्ष बद्रि सिग्देल, फोनिज नेपालका अध्यक्ष दण्ड गुरुङ, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, प्रेस संगठन नेपालका सह-संयोजक गणेश बस्नेत, संचारिका समूह नेपालकी अध्यक्ष नितु पण्डित र प्रेस युनियन नेपाल बेलायतका अध्यक्ष बिपिन निरौला रहेका छन्।

बैदेशिक शाखाका अध्यक्षहरु नरेश खपांगी मगर बेलायत, मोहन घले जापान, रन्जनराज कुँवर द. कोरिया, करिम बक्स मिया कतार, हरिकृष्ण न्यौपाने कुवेत, मेघ राज सापकोटा (काबा अध्यक्ष ) यु ए इ ,हेमन्त काफ्ले अस्ट्रेलिया, गोबिन्द पोख्रेल भारत, लक्ष्मण खनाल यु ए इ र प्रस्ताबिक बेल्जियम शाखाका संयोजक ओम शर्मा र पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्याल समेतलाई शाखाले सम्मान गर्दै प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभन्डारी मार्फत सम्मान – पत्र प्रदान गरेको थियो | उक्त सम्मान पत्र र मायाको चिनो काठमांडूमा बिशेस समारोहका साथ प्रदान गरिने अध्यक्ष राईले बताएका छन्।

पत्रकार महासंघमा सबै छेत्रका बिचारहरु अटाउने गरि बिधान संसोधन गरेर हिमाल पहाड र तराइका सम्पूर्ण पत्रकारहरुलाई समेट्दै संगठन बिस्तार गर्नुपर्नेमा जोड दिदै देशमा अस्थिरता भएकाबेला प्रेस माथि लगाम लगाउने खालका अबैधानिक कामहरु हुनसक्ने भन्दै यसको बिरुद्ध एकजुट भएर लड्नुको कुनै विकल्प नरहेको प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले जोड दिए।

समस्त युरोपमा छरिएर रहेका पत्रकारहरुले नेपालीहरुको दुख:सुखमा साथ दिदै खेलेको भूमिकाको प्रसंशा गर्दै युरोपमा रहेका पत्रकारहरुबाट नेपालले धेरै कुरा सिकन सक्छ भन्दै क्रियासिल रहन पुर्व अध्यक्ष तारानाथ दाहालले आग्रह गरेका थिए | देश र समाजलाइ प्रवासबाट जोड्दै युरोपका पत्रकारहरुले आफ्नो काम संगै पत्रकारिता लाइ संथागत गराउन सफल भएकोमा धर्मेन्द्र झाले खुसि ब्यक्त गरे | पत्रकार महासंघ केन्द्रको शाखा बिस्तारमा सराहनीय भूमिका रहेको उल्लेख गर्दै बिदेशी शाखाको काम भनेको नेपालीहरुलाई अनलाइन मिडिया मार्फत जोडिन पत्रकारहरुको भूमिका बस्तुगत र तथ्यगत हुनुपर्ने डा. महेन्द्र बिष्टको धारणा थियो | देशको अस्थिरता र बर्तमान कोभिड १९ को प्रभाबका कारण पत्रकारहरुले जीविकाको लागि विकल्प खोज्नु परेको उल्लेख गर्दै संघ संगठनमा उम्मेदवारी बन्नका लागि राजनीतिका पार्टीमा नजोडीएसम्म उम्मेदवार हुन नपाउने तितो अनुभब रहेको डा. सुरेश आचार्यको भनाई थियो।

बैदेशिक शाखाका तर्फबाट यु ए इ शाखाका अध्यक्ष लक्ष्मण खनाल, युरोप शाखाका का का सदस्य राजकुमार थापाले आ- आफ्नो धारणा राखेका थिए भने साहित्यकार तथा संचारकर्मी इन्दिरा चाम्लिंग र शान्ति अर्याल अधिकारीको गजल र कविताले कार्यक्रम मन्त्रमुग्ध भएको थियो।

कार्यक्रम संचालन अध्यक्ष केजिन राई र कार्यबहाक महासचिब द्रोण रिजालले गरेका थिए। स्वागत मन्तब्य का का सदस्य सरला कट्टेलले गरेकी थिइन भने धन्यबाद ज्ञापन संचारकर्मी गोमा खरेलले गरेकी थिईन | ब्रिटेन नेपाल डट कमका प्रधान सम्पादक चिरण शर्मा लगाएत शाखाका कार्यसमितिका पधारिकारीहरुलाइ समेत सम्मान गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *