Type to search

स्विस/प्रवास

नेपाली जनप्रगतिशिल मंच स्विट्जरल्याण्डद्वारा कोरोनाकोषमा सहयोग प्रदान

Share

नेकपा माओवादी केन्द्र प्रबाश समन्वय कमिटिले स्थापना गर्न लागेको एक करोड रुपैया बराबरको आपतकालिन कोरोना राहत कोषमा स्विट्जरल्याण्डबाट सहयोग पठाइएको छ ।

नेपाली जनप्रगतिशिल मंच स्विसले आफ्ना संगठित सदस्यहरुबाट उठाएको ५ सय स्विस फ्रान्क (करिब पैसठ्ठि हज्जार रुपैया) पठाएको कुरा मंचका अध्यक्ष श्याम घलेले बताउनु भएको छ। उक्त सहयोग पार्टि केन्द्रको कोषमा जम्मा गरि कोरोना पिडितको उपचार, अक्सिजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, सिलिन्डर खरिद गर्ने, अक्सिजन प्लान्ट निर्माण गर्ने आदि कार्यमा खर्च गरिने नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रबास कमिटि अध्यक्ष युबराज चौलागाइले बताउनु भयो ।

गत हप्ता नेकपा माओवादी केन्द्र प्रबाश समन्वय कमिटि र जनप्रगतिशिल मंचको बैठकले सहयोग संकलन गर्ने निर्णय गरेको थियो ।
नेपाली जनप्रगतिशिल मंच स्विट्जरल्याण्डले आफ्नो स्थापना काल देखि नै नेपालका हरेक प्राकृतिक बिपत्तिहरुमा सक्रिय रुपमा आर्थिक सहयोग गर्दै आइरहेको छ। गत बर्ष पनि कोरोना पिडितको लागि तत्कालिन प्रबासि नेपाली एकता मंचको नाम बाट प्रधानमन्त्री राहत कोषमा सहयोग पठाइएको कुरा तत्कालिन अध्यक्ष तथा एनपिपिएफका नेता अचुत प्रसाद फुयालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *