Type to search

स्विस/प्रवास

जुरिक नेपाली स्पोर्ट्स क्लबद्वारा आयोजित “प्रथम पिङ्पोङ (Table Tennis) प्रतियोगिता कार्यक्रम सम्पन्न

Share

जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम नेपाल तथा स्वीसमा गर्दै आएको कुरा सर्बबिदितै छ । त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिंदै जाने स्वीस नेपालीबासीहरुको चाहनालाई मध्यनजर राख्दै जाने अबगत गराएका छन् । ३१ अगस्त शनिवारका दिन जुरीकमा “प्रथम पिङ्पोङ (Table Tennis) प्रतियोगिता २०२१” को आयोजना सम्पन्न भएको छ।

सम्पुर्ण स्वीस नेपालीबासीहरु प्रति पूर्ण रुपमा समर्पित रहेर आयोजना गरेको “प्रथम पिङ्पोङ (Table Tennis ) प्रतियोगिता २०२१” जुलाइ ३१ तारिक शनिबारको दिन जुरीक नेपाली स्पोर्ट्स क्लब (ZNSC) ले उक्त आयोजित प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । प्रतियोगिता कार्यक्रममा स्वीजरल्याण्डका बिभिन्न स्थानबाट खेलमा सहभागी हुने सम्पुर्ण खेलाडी मित्रहरुलाई धन्यवाद प्रदान गर्दै तथा प्रतियोगितामा उपस्थिति हुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाइ कार्यक्रममा सहभागी जनाइ क्लबलाई हौँसाला प्रदान गरेकोमा जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले हृदय देखिनै आभारी रहेको जानकारी गराएको थियो । खेल प्रतियोगितामा सिङ्गल तर्फबाट २० टीमको सहभागी रहेको थियो। डबल तर्फबाट आठ टीम सहभागी भएको थियो भने खेल रोचक तथा प्रतिस्पर्धात्मक तरिकाले सम्पन्न भएको थियो।

सबैभन्दा रोचक कुरा त खेलमा महिलाहरुको सहभागीले आयोजक अत्यन्तै खुशी रहेका थिय। आगामी दिनमा पनि यस्तै सहभागी जनाउनु हुने छन् भन्ने आयोजकले आशा राखेका छन् । ” खेल नै स्वास्थको धन हो ” भन्ने मुल नाराका साथ खेलको माध्यमबाट आफ्नो आत्मबल उच्च राख्न र मन र शरीरलाई स्वस्थ र स्फुर्त बनाउन साथै नेपाली कला खेल र संस्कृतिको संरक्षण, सम्बर्धन गर्न खेलाडीहरुलाई हौँसला प्रदान गर्नका लागि आयोजना गरेको प्रथम पिङ्पोङ कार्यक्रमले उल्लेखनिएरुपमा सफलता हाँसिल गरेको छ।

यस प्रतियोगितामा सिङ्गल र डबल खेल खेलाइएको थियो। सिङ्गल तर्फको खेलमा प्रथम र दोश्रो पुरस्कार बासेल क्लबले हात पार्न सफल भएको थियो। प्रथम हुनेमाश्री प्रबिन थापा मगर। दोश्रो हुनेमा श्री सन्तोष बान्तबा राई हुनुभएको थियो। दबल तर्फको खेलमा पनि प्रथम पुरस्कार बासेल क्लबकै साथिहरुले हात पार्न सफल रहेका थिय। दोश्रो पुरस्कार जुरिच क्लब र बेर्न कलबले हात पार्न सफल भएको छ। (संयुक्त सहभागी बेर्नका बिकास गुरुङ र जुरिचका आशिष् ) सम्पुर्ण बिजेताहरुलाइ शिल्ड नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार बितरण नेपाली बयोबृद आमाबाट हस्तान्तरण गरिएको थियो ।(आमा प्रती आभारी छौ -आयोजक )साथै स्वीसबासी श्री बेर्नर (बुद्धको श्रीमान)बाट र क्लब अध्यक्ष श्री देब राई कोषाध्यक्ष तथा सचिव श्री लोकेन राना मगरबाट हस्तान्तरण गरिएको थियो । सम्पुर्ण कार्यक्रमको लागि सहयोग गर्नुहुने सम्पुर्ण जुरिच टीम तथा समाजसेवी श्री राम महतो तथा तेन्पा गुरुङलाई आयोजकद्वारा धन्यवाद दिएका थिय ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *