गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको बार्षिक साधारण सभामा उपस्थित हुन अनुरोध
Share
आदर्णीय दिदिबहिनी एंव दाजु भाइहरू,
बिषय : बार्षिक साधारणसभामा उपस्थित भैदिनुहुने बारे।
गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको बार्षिक साधारणसभा यही नोवेम्बर ०१ तारिख आइतबारका दिन बेर्नमा आयोजना हुन गैरहेको सबैमा जानकारी गराउन चाहन्छौ। यसैअवसरमाअहिले गैर आवासीय नेपाली संघलाई नंया ढंगले अगाडि लैजानु पर्नेआवाज उठिरहेको बेला अबकोगैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको रूपान्तरण, निशुल्क सदस्यता पस्चात एनसीसीको संचालनका बैकल्पिक उपायहरु, उमेद्धवारी सुल्क घटाउने, अनलाइन मिटिंग र स्मार्ट एनआरएनए, नेपाली नागरीकताको निरन्तरता, गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले गरेका कामहरुको प्रगति बिवरण, गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको २०१९- २०२० को आर्थिक बिवरणका बारेमा छलफल हुनेभएकाले यहांहरुको सकारातक सहयोगको अपेक्षा सहित उपस्थितीका लागी हार्दिक अनुरोध गर्दछौँ।
अहिले ताजा रूपमा हामी सामुरहेको कोभिड १९ को समस्यका कारण हामीले सबैको स्वास्थलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्नुपर्ने कारणले यहाँहरू सबैजनालाइ साधारण सभा गरीने हलमा स्वागत गर्न असमर्थ रहेको कुरा पनि हजुरहरुमा जानकारी गराउन चाहन्छौ। हामीले एउटा सानो हलको ब्यवस्था गरेका छौँ र उक्त हलमा हामी एकदम थोरै मात्र उपस्थित हुन मिल्ने भएकाले उक्त हलमा उपस्थित हुन चाहनुहुने महानुभावहरले हामीलाई २५ अक्टोवर सम्म इमेल मार्फत जानकारी गराउनुहुन पनि अनुरोध छ। अन्य साम्पुर्ण महानुभावहरुलाई हामी अनलाईन मार्फत कार्यक्रममा जोडिनहुन अनुरोध गर्दछौँ। अनलाईन मार्फत कार्यक्रममा जोडिनका लागी हामी जुमको आइडी र पासवर्ड उपलब्ध गराउने कुरा पनि हामी हजुरहरमा जानकारी गराउन चाहन्छौं ।
सहयोग तथा उपस्थितिको लागी धन्यवाद ।
शिव कुमार सुब्बा
अध्यक्ष
तथा
कृष्ण प्रसाद शिवाकोटी
महासचीव
गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड
मिति – ०१ नोवेम्बर, आईतबार
समय – दिउँसो ०१:०० बजेदेखि ५:३० बजेसम्म बेर्न वा अनलाइन)