Type to search

स्विस/प्रवास

गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको अध्यक्षमा शुभ एल्मर् लामाको उमेद्वारी घोषणा

Share

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डको अध्यक्षमा शुभ एल्मर् लामाको उमेद्वारी घोषणा !!
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डको अध्यक्षमा मुलेहर्ण निवासी शुभ एल्मर् लामाले उमेद्वारी घोषणा गरेकी छिन् । एनआरएनए स्विटजरल्याण्डको सातौँ राष्ट्रिय अधिबेशनका लागि आज २० जुन आइतवारका दिन स्विस नेपाल डट कम लाइ मेल मार्फत घोषणा पत्रका साथ् अध्यक्ष पदमा उमेद्वारी गरेको जानकारी गराएकी छिन् ।

आगामी जुलाई ११ मा हुने एनआरएनए स्विटजरल्याण्डको सातौँ राष्ट्रिय महाधिबेशनले २०२१- २०२३ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दैछ। उक्त कार्यकालका लागि शुभ एल्मर् लामाले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेकी हुन् । लामो समय देखि स्विटजरल्याण्ड बस्दै आएकी शुभ एल्मर् लामा समाजसेवी लगाएत एनआरएनए स्विटजरल्याण्डलाइ स्थापना काल देखिनै सहयोग गर्दै आएकी छिन् भने २०१५-२०१९ को दुइ कार्यकाल महिला संयोजक र २०१९-२०२१ को कार्यकाल उपाध्यक्ष पदमा आवद्ध हुँदै आएकी छिन्।

शुभ एल्मर् लामाको घोषणापत्र जस्ताको त्यस्तै

आदरणिय स्विसबासी गैर-आवासीय नेपाली मित्रहरु नेपाली दाजुभाइहरु दिदिबहिनीहरु नमस्कार !!

म शुभ एल्मर् लामा विवाह भए पछी लामो समय देखी स्विटजरल्याण्डमा बस्दै आएको छु। मैले २०१५-२०१९ सम्म गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डको महिला संयोजक ( Women Coordinator ) भएर दुई कार्यकाल समाप्त गरी हाल २०१९-२०२१ मा गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डको उपाध्यक्ष पदमा आवद्ध छु।
म गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डको अध्यक्ष पदमा कार्यकाल २०२१-२०२३ का लागि उमेद्धवारी घोषणा गर्दछु।

मेरा प्रतिबद्धताहरु :
-गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डलाई अझ सबल,सुढ्रित, प्रभाबकारी र भरपर्दो एबं परीणममुखी बनाउने छु।
-मेरो कार्यकालमा म यो गर्छु त्यो गर्छु भनि अनावस्यक एबं ठुल्ठुला कुराहरु गर्ने छैन।

  • यस संगको मूलमन्त्र ( Slogan ) ” नेपालीका लागि नेपाली”
    ( For Nepali By Nepali ) लाई मध्य नजर गर्दै निम्न ३ एजेण्डाहरु प्रस्तुत गरेको छु।

१, हाम्रो गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डले स्विसबासी नेपालीहरुलाई आपत बिपत परेको बेलामा समस्या समाधान गर्ने र त्यसका लागि हामी सधैं तयारीमा बस्ने ( Wie das Pfadfindermotto – Allzeit bereit sein ) ।
२, गैर-आवासीय नेपाली संघको बिधान अनुसार हामीले पनि स्विटजरल्याण्डको रास्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डलाई नेपाली राजनैतीक प्रभाब पर्न नदिने।
३, गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डमा दोस्रो पुस्ताहरुलाई भित्र्याउने तथा उनिहरुलाई कार्यसमिति ल्याउने।

साथ साथै भैरहेको कुराहरुलाइ निरन्तरता गर्ने जस्तै :
१, गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डले नेपालमा भैपरि आएको महामारी एबं आपत बिपतमा तुरुन्तै सहयोग गर्ने।
२, गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डले सानो तिनो आयोजना (प्रोजेक्ट ) नेपालमा लैजाने।
३, गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डले सधै झै नेपाली दुतावास जेनेभासंग सहकार्य गर्ने।
४, गैर-आबासिय् नेपाली संघ स्विजर्ल्यान्डले सधै झै बिभिन्न सँघ सस्थाहरुसँग राम्रो सम्बन्ध राख्ने

अन्त्यमा स्विटजरल्याण्डबासी नेपाली दाजुभाइहरु र दिदिबहिनीहरु सबैले म सहित मेरो टीमलाई सहयोग गर्नु हुनेछ भन्न्ने अपेछ्या गर्दछु।
यहाँहरु सबैलाई सहयोगको लागि धेरै धन्यवाद।
शुभ एल्मर् लामा
२० जुन २०२१ मुलेहर्ण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *