Type to search

स्विस/प्रवास

गैरकानूनी इमेलप्रति सचेत रहन एनआरएनए यूकेको अपिल

Share

प्रेस विज्ञप्ति                                     

विषय: गैरकानूनी इमेलप्रति सचेत रहन अपिल  

संघबाट वर्खास्त भइसकेका पदाधिकारीले एनआरएनए यूकेको नाममा विभिन्न इमेल सम्प्रेषण गरिरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । 

निम्न नक्कली इमेलहरु uk.generalsecretary@nrna.org, info.nccuk@nrna.org, र  uk.president@nrna.org आधिकारिक नभएकाले यी इमेलबाट आएका सामग्री ‘इग्नोर’ गर्न म सबैमा सूचित गर्दछु ।

अहिले एनआरएनए यूकेको ११ औं वार्षिक साधारण सभा मार्फत वर्खास्त भएका पूर्व महासचिव खुशी लिम्बु, आर्थिक अपचलनमा छानबिन समितिबाट निलम्बन पछि वर्खास्त गरिएका पूर्व उपाध्यक्ष सुनिलबाबु खड्का र गत वर्षको निर्वाचनमा अध्यक्ष पदमा लज्जास्पद हार बेहोरेर आफूले आफैंलाई उपाध्यक्ष भन्दै हिंडेका टिके एनआरएन दीपक श्रेष्ठको नाममा एउटा कार्यक्रमका लागि निमन्त्रणा भन्दै समुदायमा इमेल सम्प्रेषित भइरहेको सूचना प्राप्त भएको छ । 

आउंदो ८ जनवरीमा लन्डन साउथ हयारोमा गर्न लागिएको भनिएको उक्त अन्तरक्रिया आधिकारिक नभएको र निमन्त्रणा पाउनु भएका व्यक्तिहरुलाई पनि त्यहां सहभागी नहुन हामी विनम्र अनुरोध गर्दछौं । 

संस्थामा आफूले गरेको आर्थिक हिनामिना ढाकछोप गर्न उनीहरु अहिले यस्तै गतिविधि गर्न अग्रसर भएका छन् । सामाजिक सद्भाव बिथोल्ने र समाज विभाजन गर्ने र संस्थाको गरिमा धुमिल हुने गरि भ्रम फैलाउने त्यस्ता गतिविधि रोक्न हामीले स्थानीय प्रशासन मार्फत पहल शुरु गरिसकेका छौं। 

त्यसदिन आधिकारिक संस्था बाहेकका व्यक्तिबाट जबरजस्ती कुनै कार्यक्रम गरिए हुन सक्ने प्रतिकुल परिणाम प्रति हामी जिम्मेवार नहुने पनि यसै विज्ञप्ति मार्फत सजग गराउन चाहन्छौं ।

बेलायतवासी समस्त जनसमुदायलाई एनआरएन  युकेका Elected President को आधिकारिक इमेल   premgahamgr@gmail.com बाट आएका इमेल / सूचना सामग्रीमात्र आधिकारिक हुने पनि जानकारी दिन चाहन्छु ।



Fireworks in the sky

Description automatically generated with medium confidence

भरतमणि चोङ्गबांग

उपाध्यक्ष / प्रवक्ता /गैर आवासीय नेपाली संघ युके,

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *