Type to search

स्विस/प्रवास

गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित

Share

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक १० अक्टोवर २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बसेको बैठकद्वारा २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

१० औँ अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित गरिएको भनेर जारि गरिएको “प्रेस विज्ञप्ति”को विवरण तल उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक १० अक्टोवर २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बस्यो । गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भयो । बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने जानकारी गराइन्छ।

गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आइसक्नु भएका र आउन तयार रहनु भएका प्रतिनिधिहरुमा पुगेको असुविधाप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ ।

अन्त्यमा,विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई विजया दशमी, दीपावली र छठ पर्वको मंगलमय शुभकामनासहितअक्टोबर ११ मा परेको गैरआवासीय नेपाली दिवसको शुभकामना व्यक्त गर्दछौँ।

डिबि क्षेत्री,
प्रवक्ता
गैरआवासीय नेपाली संघ

११ अक्टोबर २०२१

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *