Type to search

स्विस/प्रवास

काँग्रेसको केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रवास संयोजकमा गंगाधर गौतम नियुक्त

Share

प्रेश विज्ञप्ति

सन् २००७ मा स्थापना भएको नेपाली जनसम्पर्क समिति युरोप विदेशस्थित नेपाली कांग्रेसप्रति आस्था राख्ने सबै र लोकतन्त्रवादीहरुलाई संगठित गर्दै आइरहेको छ । नेपाली जनसम्पर्क समितिको पहिलो अधिवेशन सन् २०१० मा वर्तमान सभापति शेर बहादुर देउवाको उपस्थितमा प्रोतुगलमा सम्पन्न भएको थियो ।
स्थापनाकाल देखि तत्कालीन सभापतिहरु गिरीजा प्रसाद कोइराला, सुसिल कोइरालाको सकृयतामा तथा सहयोगमा बिभिन्न कार्यक्रमहरु समेत सम्पन्न भएका थिए ।
जनसम्पर्क समिति युरोपको महत्वपूर्ण भूमिकाका कारण नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिहरुमा युरोपका बिभिन्न देशमा संन्जालन विस्तार गर्न सफल भएका हुन् ।
यसै सन्दर्भमा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनलाई विदेशस्थित नेपाली कांग्रेसप्रति कटिबद्ध कार्यकर्ताहरुले निकै चासोका साथ हेरेका छन् । गत वर्ष संसोधित नेपाली कांग्रेसको विधानले १३ औं महाधिवेशनको भावनालाई कुल्चिएको हाम्रो ठहर छ ।
नेपालीको संविधानले समेत विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकतालाई मान्यता दिएको अवस्थालाई समेत कुल्चेर पार्टीले विदेशी नागरिकता लिएका भन्दै हजारौं कार्यकर्तालाई पार्टीको क्रियाशिल सदस्यताबाट बन्चित गराउन खोजिनु उचित नभएको नेपाली जनसम्पर्क समिति युरोपको ठहर रहेकोछ । त्यसैले विदेशमा रहेका नेपालको संविधान र लोकतन्त्रवादीहरुको भावना अनुरुप सबैलाई १४ औं महाधिवेशनमा भाग लिन पाउने वतावरण तयार गर्न पार्टी समक्ष आग्रह गर्दछौ । साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिको म्याद सकिएका देशहरुमा तत्तकाल अधिवेशनको मितितय गरि अघि बढ्न सबै पक्षसंग आग्रह गरिन्छ ।
यस्तै, कोभिड १९ को प्रभावका कारण विदेशमा रहेका नेपाली समुदायप्रति नेपाल सरकारले देखाएको उदासिनताप्रति नेपाली जनसम्पर्कसमिति युरोपको ध्यानाकर्षण भएको छ । कोरोना भाइरसको संक्रमण पछि भएको विश्वव्यापी लकडाउन पछि नेपाल सरकारको कमजोर व्यवस्थापनको कारणले देशभित्र फैलिएको कोरोना संक्रमणप्रति नेपाली जनसम्पर्क समिति युरोप चिन्ता व्यक्त गर्दछ ।
कोरोना भाइरसको संक्रमणको रोकथामको लागि सरकारले प्रभावकारी कदम चाल्नुको सट्टा स्वास्थ्य सम्वन्धी सामग्री, चार्टड उडान लगायतमा सरकार आर्थिक चलखेलमा मुछिनु निन्दनिय काम हो। विदेशस्थित एयरलाइन्सहरुलाई उडान अनुमति दिनु र यात्रुहरु बोकेर उड्न लागेको नेपाल एयरलाइन्सको जहाजलाई अन्तिम समयमा आएर रोकिनु सरकार कामउ धन्दामा लागेको प्रमाणका रुपमा लिन् सकिन्छ ।
कोरोना संक्रमण पछि विश्वका अधिकांस देशले आफ्ना देशका उडानहरुलाई व्यवस्थापन गरेका छन् तर नेपाल सरकार नियमिति उडान संचालन गर्नुको सट्टा अझै चार्टड उडानको नाममा आर्थिक चलखेलमा संलग्न भएको प्रष्टै छ त्यसैले चार्टड उडान र स्वास्थ्य सम्वन्धी सामग्री खरिद प्रकरणमा तत्तका स्वतन्त्र छानविनको लागि सम्वन्धीत पक्षसंग आग्रह गर्दै तत्तकाल नियमित उडान संचालन गर्न आग्रह गरिन्छ ।
दिल गुरुङ्ग
सभापति
गंगाधार गौतम
महामन्त्री
नेपाली जनसम्र्प समिति युरोप
२१ अगष्ट २०२०

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *