Type to search

स्विस/प्रवास

एन आर एन ए स्पेनले कृते हस्ताक्षर गर्दै पत्रकार लामिछाने बिरूद्ध गलत निर्णय

Share

-रमेश लामा , काठमाडौ ।
एन आर एन ए स्पेनले राईट नेपाल अनलाईनका सम्पादक , नेपाली वेभका संचालक , ओस एस नेपाल का यूरोप डाईरेक्टर भोला लामिछानेका बिरूद्ध स्पेनमा रहेका करिब करिब ५० संघ संस्थाहरूको कृते हस्ताक्षर गर्दै गलत तरिकाबाट सुचना सार्वजनीक गर्दै निर्णय गर्न पुगेको छ । एक दुई संघ संस्थाका प्रतिनीधीहरू पत्रकार लामिछाने बिरूद्द लागाएर पुरै संघ संस्थाहरूको सामुहिक बहिस्कार भन्दै झुट्टो प्रचार गरेर सिड्गो नेपाली समुदायमा फेरी लज्जाबोध कार्य गरेको छ ।

यसअघी पनी पत्रकार लामिछाने सहित हाम्रो नेपाल हामी नेपाली सामाजीक संस्थाले स्पेन लक डाउनको समयमा विश्व भरबाट एन आर एन अभियन्ताहरू संगै आएको खाद्दन्न राहत घर घरमा लगेर बितरण गर्दै गर्दा एन आर एन ए स्पेनले समेटेर काम गर्नु को सट्टामा अमुक ब्याक्तीहरू र बिचौलिया भनेर राहत वितरण बन्द गर्न भनेको थियो । एन आर एन ए स्पेनले प्रेश बिज्ञ्यप्ती नै निकालेर एन आर एन नै नभएको हचुवा र हावा विज्ञ्यप्ती बाहीर आएको थियो । यस बिषयमा आई सी सी अध्यक्ष कुमार पन्त लाई खुल्ला पत्र पठाउदा एक सामाजीक संस्थाले गरेको राहत वितरण अर्को सामाजिक संस्थाले कसरी बिरोध गर्न सक्छ भनेर प्रतिक्रीया समेत दिई सकेका छन् । संस्थाले गर्न नसकेको काम २,४ जना व्याक्तीहरूबाट भएको सबै स्पेनबासी नेपालीहरू लाई अवगत नै छ ।

कास्की घर भएका बार्सिलोनामा लुटिएका पिडित युवक लाई कास्की समाज स्पेनका अध्यक्षले वास्ता नगरेपछी स्वयम पत्रकार लामिछाने , हाम्रो नेपाल हामी नेपाली सामाजिक संस्थाका अध्यक्ष सन्त बहादुर क्षेत्री , क्षेत्री समाज स्पेनका अध्यक्ष सोनु रावत , पिडित युवकका चिनजानका व्याक्तीहरू सबैको सहयोगमा पार्कमा रात बिताएका पिडित ब्याक्ती ( पिडितको सबै डिटेल्स गोप्य राखीएको छ)लाई बस्ने खाने ब्यबस्था गरि पोर्चुगल सम्मको टिकट कटाएर पठाएको सत्य समाचारका बिरूद्द कास्की समाज स्पेनका अध्यक्षले सम्पादक लामिछानेले गलत समाचार प्रेशीत गरेको भनेर झुट्टा आरोप लगाउदै एन आर एन मा पत्र काटे । उता पत्रकार लामिछानेलाई जानाकारी समेत नदिई बिना छलफल एन आर एन स्पेनले कसरी निर्णय सार्वजनिक गरेको हो ? एन आर एन ए स्पेनमा २१ जुलाई २०२० मा उजुरी दिए पछी संघले बादी प्रतीबादी दुबै पक्षलाई छलफल गराउनु पर्दैन ? छलफल समेत नगराई उल्टै पत्रकार लाई दोष देखाई निर्णय सार्वजनीक गरेर घिनलाग्दो र तल्लो स्तरको काम गर्न पुगेको छ । २१ जुलाई देखी नै स्पेनमा रहेका सबै संघ संस्थालाई पत्र नै काटेर २७ जुलाई ५ वजे एन आर एन ए स्पेनको कार्यालयमा बैठकमा आमन्त्रण गर्न भ्याउने एन आर एन ले पत्रकार लामिछाने लाई समयमै किन पत्र काटेन ?किन समयमै बोलाएन ? यसरी बिना जानाकारी संघले स्पेनमा रहेका सबै संघ संस्थाको कृते हस्ताक्षर गरेर एन आर एन को बेथिती बिरूद्धमा निरन्तर कलम चलाएकै भरमा सामुहिक बहिस्कार भनेर सार्वजनिक हुनु निकै नै तल्लो स्तरको काम भएको बैठकमै सहभागीहरूले समेत बताएका छन् । सम्पादक लामिछाने लाई बैठकको जानाकारी समेत गरिएको थिएन सबैलाई पत्रचार गर्ने संघका महासचिवले आफुले बैठक बस्ने केही समय अघी बल्ल जानाकारी गरेर गल्ती गरेको स्वीकारेका छन् । एन आर एन ए स्पेनले समयमै जानाकारी नै नदिई गलत निर्णय गर्यो ।जानाकारी नदिएर गल्ती भने भएकै हो महासचिवले वताएका छन् । संघका प्रवक्ता र महासचीव सगको कुराकानीमा बैठकमा जे जती निर्णय भए त्यो सबै अध्यक्षको आफ्नै निर्णयले भएका हुन समेत भनिएको छ । उजुरी आएपछी एन आर एन स्पेनका पदाधीकारूहरू सग छलफल बैठक गर्नु पर्दैन किन यसरी एन आर एन एकलौटी पाराले चलेको छ । बैठकमा उपस्थित नभएका दुवै आई सी सी सदस्यहरू, उपाध्यक्षहरू , सदस्यहरूले समेत गुनासो गरेका छन् ।

संघले दुवै पक्ष लाई उपस्थीत गराएर छलफल गराएर गल्ती पहिचान गरेर बुझेर बल्ल कारबाहीको प्रकिया अघी बढ्नु पर्नेमा एकलौटी पत्रकारलाई नै तारो बनाएर दुबै पक्षको तर्कहरू नसुनी नबुझी बिना छलफल बहिस्कारको निर्णय गर्नु कत्तीको जायज हो भनी क्षेत्री समाजका महासचिव , तामाडं समाज का अध्यक्षले बताउदा त पनी उतै लाग्छस् भनेर निच हर्कत गर्ने सबै प्रती राईट नेपाल ले संघ प्रती घोर आपत्ती जनाएको छ । यसरी एन आर एन ए स्पेन साझा संस्था भएपनी काम भने साझा गरेको छैन , आफ्ना पक्ष र अर्का पक्ष आफ्नो पार्टी र अर्को पार्टी भन्दै गुटबन्धी र ब्याक्तीगत ईगो को साटो फेर्ने जस्ता गलत मानसिकता बोकेर हिडेको प्रष्ट देखीन्छ । एन आर एन सबैको साझा संस्था हो भने पनी बिदेशमा नेपालीका साझा समस्या समाधान गर्ने भन्दा पनी सिधा सोझा लाई एक आपसमा लडाउने र भिडाउने आपसमा मनमोटाब ल्याउने आफ्नो मान्छे भनेर छुट्टाएर बोकेर हिड्ने कार्यमा सकृय रहेको प्रस्ट देखीएको छ।पत्रकार लगायत नागरिक समाजले कोभीड १९ माहामारीमा एन आर एन ए स्पेनले के कती काम गर्यो ? राहत बितरणका बारेमा के के भयो ? पिडितले राहत पाएकै हुन भने कती पिडितले कती यूरोको दरले राहत पाए ? भनी आवाज उठाउन नपाउने । संघले गरेका गलत प्रवृती ढाकछोप गर्नेका विरूद्द बोल्नै लेख्नै नपाउने ? समाजमा भएका गलत प्रवृतीहरूको खुलेर बिरोध गर्न नपाउने ? १ महिना २ महिना ३ महिना भन्दा भन्दै कोठा भाडा नतिर्ने ,पैसा सापट लग्ने अनी माग्दा समाज लगाएर घरभेटीलाई कुट्न जाईलाग्ने जस्ता अन्यायमा विरोध गर्न नपाउने ? नेपाली कांगेसको भातृ संस्था जन सम्पर्क समिती भन्ने २ वर्षे कार्यकाल सकिएर पार्टीको विधान विपरीत ४ वर्ष सम्म मै अध्यक्ष हु भनेर हल्लीने संस्थाको पैसा पाए चाट्न खोज्ने अनी यती मात्र होईन परिआए डन टाईपले जाईलाग्ने ! यस्तो प्रवृती को बिरोध गर्न नपाउने ?एन आर एन ए स्पेनको यस्ते खालको आधारहिन र गलत निर्णय तुरून्त फिर्ता गरेर यस्ता खाले गलत प्रवृतीहरू पुन दोहोराए राईट नेपाल लाई साईबर कानुन सिकाईरहनु पर्दैन हामी हाम्रो टिम काठमाडौ देखी विश्व भरका शाखाहरूबाट कानुनी उपचारमा उत्रन बाध्य हुने र त्यही हिसाबमा अघी बढ्ने चेतावनी सहित सबैमा जानाकारी गराउँदछ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *