Type to search

मुख्य समाचार स्विस/प्रवास

एनआरएनए यूके र गोर्खा ब्याज लगाएर भिडेका विश्वप्रसिद्ध ब्रिटिश बक्सरलाई सफलता

Share

लन्डन । एनआरएनए यूके र गोर्खाको प्रतिक चिन्ह अंकित ब्याज लगाएर प्रतिष्पर्धामा भिडेका विश्वप्रसिद्ध ब्रिटिश व्यवसायिक बक्सर जोन राइडरले प्रतियोगिता जितेका छन् ।

हिजो २६ नोभेम्बर शनिबार लन्डन ओटु एरिनामा सम्पन्न डब्ल्यूबीओ इन्टेरिम सुपर मिडलवेट टाइटिलका लागि आयोजित प्रतिष्पर्धामा पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले ज्याक पार्करलाई पराजित गरेका हुन् ।

चार राउण्डको घमासान मुक्केवाजीपछि पार्करले हातमा चोटका कारण प्रतियोगिता छाडेका थिए ।

राइडरले अब आउंदो मेमा डब्लुबीसी, डब्लुबीए, डब्लुबीओ, आइबीएफ टाइटिलका लागि म्याक्सिकन सुपरस्टार क्यानेलो अल्भारेजसंग भिड्नेछन् । क्यानेलोसंग भिड्ने आफ्नो सपना र यो करिअरका लागि पनि कोशेढुंगा हुने राइडरले बताए ।

जोन राइडरले ३७ आफ्ना व्यवसायिक फाइटमध्ये ३२ वटा जितेका छन् ।

हजारौं दर्शकले प्रत्यक्ष र लाखौंले टिभी च्यानलबाट हेरेको उक्त रोमाञ्चक प्रतिष्पर्धामा जोनले खेल अवधिभर एनआरएनए यूके र गोर्खाको चिन्ह अंकित ब्याज लगाएका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।

अध्यक्ष गाहामगरको अनुरोध तथा संयोजनमा जोनले एनआरएनए यूके र गोर्खाजहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिडेका हुन् ।

राइडरका पूर्व प्रशिक्षक तथा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले राइडरलाई बधाइ दिंदै अहिलेसम्म ५ वटा फाइटमा एनआरएनए यूकेलाई निशुल्क प्रायोजन गरिदिएको भन्दै विशेष आभार पनि व्यक्त गरेका छन् ।

यस्तो प्रतियोगितामा प्रायोजन गर्न लाखौं पाउण्ड तिर्नुपर्ने भएपनि जोनले नेपालीलाई निशुल्क स्पोन्सर गरिदिएका गाहामगरले बताए ।

जोनले गत फेब्रुअरी १२ मा भएको प्रतिष्पर्धामा पनि एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गरेका थिए ।

बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यू. बी. सी. च्याम्पिनयनसीप २०१९ का विजेता हुन् ।

जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् । उनले अमेरिकाको लसभेगस देखि ओटु एरिना, लन्डनका कयौं बक्सिङ खेलमा प्रतिष्पर्धा गरिसकेका छन् ।


भवदीय,

भरतमणि चोङ्बाङ
उपाध्यक्ष / प्रवक्ता
गैर आवासीय नेपाली संघ युके ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *