Type to search

स्विस/प्रवास

एनआरएनए यूकेबाट वर्खास्त कोषाध्यक्ष विष्णु खरेल नेपाल हाउसको ४२ हजार पाउण्ड लिएर फरार

Share

एनआरएनए यूकेबाट वर्खास्त भइसकेका कोषाध्यक्ष विष्णु खरेल बेलायतमा नेपाल हाउस बनाउन विभिन्न संघसंस्थाबाट संकलित रकम ४२ हजार पाउण्ड बढी लिएर फरार भएका छन् । 

एनआरएनए यूके २०१९–०२१ कार्यसमितिले गत वर्ष २३ अक्टोबर २०२१ मा नेपाल हाउस बनाउन भनि उठाइएको ४२ हजार ९७२ पाउण्ड अध्यक्ष प्रेम गाहामगर नेतृत्वको कार्यसमितिलाई हयाण्डओभर गरेको थियो । 

उक्त कार्यसमितिमा कोषाध्यक्ष रहेका विष्णु खरेल अहिले त्यो पैसा आफैंले लिएर फरार भएको बताइएको छ । 

खरेलले अध्यक्षसहित वहुमत सदस्यको अनुमति बिना पञ्जीकृत सदस्यहरुको ३९ हजार २८५ पाउण्ड ७३ पेन्स हिनामिना गरेपछि उच्चस्तरिय छानविन समितिको सिफारिसमा संघले उनलाई ट्रष्टी बोर्ड र कोषाध्यक्ष पदबाट वर्खास्त गरेको थियो । 

सन् २०१५ मा मुछेत्र गुरुङ अध्यक्ष छंदा गुरुङले नेपाल हाउस निर्माणका लागि विभिन्न संघसंस्थाबाट पैसा उठाउन शुरु गरेका थिए । तर, नेपाल हाउस बन्न त परै जाओस्, उक्त पैसा हिनामिना भएको चाल पाएपछि अहिले बेलायतका कयौं नेपालीसंघसंस्थाले पैसा फिर्ता माग्न थालेको बताइन्छ । 

आफूहरुको पैसा सही सदुपयोग नभएपछि कयौं संघसंस्थाका पदाधिकारी वर्तमान अध्यक्ष प्रेम गाहामगरसमक्ष आइपुगेका थिए । गाहामगरले त्यो पैसा आफूहरुसंग नभएको बरु विष्णु खरेलले लिएर भागेको बताएपछि खरेलकै घर घेरेर भएपनिपैसा फिर्ता माग्ने चेतावनी ति संस्थाले दिएका छन् । 

नेपाल हाउसको पैसा हिनामिनामा अध्यक्ष मुछेत्र गुरुङको कार्यसमितिका कोषाध्यक्ष र गत वर्ष अध्यक्ष पदमा पराजित दीपक श्रेष्ठ पनि संलग्न भएको पाइएको छ । 

खरेल र श्रेष्ठ मिलेर उक्त पैसा कुम्ल्याउने दाउमा रहेको श्रोतको दाबी छ । श्रेष्ठ तिनै व्यक्ति हुन्, जो गत वर्ष प्रेम गाहामगरसंग अध्यक्ष पदमा लज्जास्पद हार खाएर अहिले विद्रोही समूहबाट टिके उपाध्यक्ष बनाइएका छन् । 

यतिमात्र होइन्, अहिले श्रेष्ठको व्यक्तिगत चरित्र पनि उदांगो भएको छ । एकजना डिभोर्सी महिलालाई बिहेको प्रलोभन देखाएर वर्षौं यौन शोषण गरेको आरोप श्रेष्ठले खेपिरहेका छन् । ति महिलाको इस्युलाई लिएर केहि सचेतक महिलाहरुकोसमुहले ति महिलामाथि शोषण र धोका भएको भन्दै एनआरएनए यूकेमा कम्प्लेन गरेको र यसबारे संघले छिट्टै पब्लिकमा भण्डाफोर गर्ने भएको श्रोतले दाबी गरयो ।

उता, खरेलले एनआरएनए यूकेको सन् २०१९ देखि यता भएको झण्डै तीन देखि ४ लाख पाउण्ड कारोबार ढाकछोप गर्न वेलफेयर एकाउन्ट नै बन्द गरिदिएका छन् । 

यतिमात्र होइन्, खरेलले आफ्नो व्यक्तिगत फाइदाका लागि एनआरएनए यूके नन रेसिडेन्ट नेपाली एसोसिएसन नाममा बैंक एकाउन्ट समेत खोलेका छन् । नेटवेस्ट बैंकमा खाता खोलेर उनले गत १८ अक्टोबरमा चन्दा संकलन गरेका थिए । संकलितरकम कहां के प्रयोजनका लागि भन्ने खुलाइएको छैन् ।  

बेलायतमा वर्क परमिट मिलाइदिन्छु भन्दै कयौं विद्यार्थीको हजारौं पाउण्ड पचाइदिएका खरेल अहिले एनआरएनए यूकेको रकम खान लागिपरेका छन् । खरेललाई अर्का वर्खास्त उपाध्यक्ष सुनिलबाबु खड्काको समेत साथ छ । खरेल र खड्का दुवैरेष्टुरेन्ट सञ्चालक हुन् । उनीहरुको कामदार शोषणमा नयां रेकर्ड छ ।  

एनआरएनए यूकेले उल्लेखित तीनैजना विरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *