Type to search

मुख्य समाचार स्विस/प्रवास

एनआरएनए अध्यक्ष कुमार पन्तलाई स्पेनबाट खुल्ला पत्र : “अध्यक्ष ज्यु, झुठा बिज्ञप्तिहरु खारेज गरिदिनुस्

Share

१७ अप्रील २०२०/ हाल विश्वमा फैलीरहेको कोरोना महामारीमा यूरोपमा प्रभावित देशमध्ये स्पेन पनि अगाडी आएको छ ।स्पेन लकडाउनसगै स्पेनमा रहेका थुप्रै अबैधानीक नेपाली दाजुभाई दिदीबहीनीहरू दिन प्रतिदिन पिडित बन्दै गईरहेको अवस्थामा हाम्रो संस्था [हाम्रो नेपाल हामी नेपाली ] र बिभीन्न देशमा रहेका मनकारी नेपाली दाजुभाई एव संघ संस्थाहरूबाट स्पेनमा सहयोग ल्याउन सफल भई पिडितहरूको घर घरमै गई राहत वितरण गरेको स्पेनवासीहरूलाई अवगत नै छ ।

यसै क्रममा म आवद्द वान एन सी सी वान प्रोजेक्ट कार्यदल मार्फ़त अमेरीका निवासी एन आर एन उपाध्यक्ष एवं उक्त प्रोजेक्ट संयोजक रबिना थापासंग सम्वाद गरी स्पेनवासी नेपाली समुदायको नाजुक र दयनीय अवस्थामा पहिलो चरणको राहत उपलब्ध गराई यूरोप उप – संयोजक मुक्त गुरूडंसंग सम्पर्क गर्दा अध्यक्ष ज्यूसंग सल्लाह गरेर वितरण गर्ने कुराकानी भएसगै एनआरएनए स्पेनका अध्यक्ष र महासचिव सम्पर्कमा नआएकोले आई सी सी सदस्य श्री चिन्तामणी सापकोटा र संरक्षक अनील गुरूडको रहोबरमा पिडितहरूलाई राहत वितरण गरिसकेको अवस्थामा एक्कासी एन आर एन ए स्पेनले बिज्ञप्ती जारी गर्दै स्पेनका हालै कोरोना पिडित नेपाली समुदायलाई राहत वितरण शिर्षक राखी विभिन्न अनलाईन समाचार माध्यमहरूमा प्रकाशित समाचारमाथि ग़ैर आवासीय नेपाली संघ स्पेन गम्भीर ध्यानाकर्षण भन्दै झुट्टो आरोप लगाएर एन आर एन स्पेनले १ तारीख वितरण गर्ने भनिएको राहत ५ तारीख सम्म वितरण नगरी पिडीतहरू लाई झुट्टा आश्वासन दिदै कुरायो। त्यस कारण हामीले सुतेको एनआरएनलाई ब्यूझायौ र हामी यही बिचमा पिडीतको घरघरमा पहिलो चरणको राहत लिएर वितरण गर्न सफल भयौ ।

यसलाई एन आर एन स्पेनले अमुक ब्याक्तीले राहत ग़लत शैलीबाट वितरण गरेको आरोप लगाउदै विज्ञप्ति निकाल्यो । त्यसपछी हाम्रो संस्थाले दोस्रो चरणमा उक्त प्रोजेक्टबाट आएको राहत वितरण नगरी एनआरएनए स्पेनका अध्यक्षलाई पत्र काटी एनआरएनए स्पेनको ईमेलमा पठाई २४ घन्टा भित्र उक्त राहत बुझिलीई पिडीतलाई असल तरीकाले वितरण गर्न अनुरोध गर्दा २४ घन्टा सम्म पनि ईमेल को रिप्लाई नआएकोले अध्यक्ष लाई सम्पर्क गर्दा स्पेनमा तपाईहरूले सर्हानिय सामाजीक काम गर्दै आएकोमा खुसी हुदै धन्यबाद समेत दिएको अवस्थामा एक्कासी एनआरएनए स्पेनको पेजबाट व्यक्तिगत मानहानी हुनेगरी अध्यक्ष र महासचीव दुवैको हस्ताक्षरमा बिचौलिया भनि आरोप लगाई आर्थिक संकलन गर्दै एनआरएनए संघकै गरिमा माथि नै नज़र अन्दाज गरी सामाजीक संजालमा अफ़वाह फैलाएको आरोप लगाएको हुदा हाम्रो संस्था एनआरएनए स्पेनको यस्तो निम्न स्तरको व्यक्तिगत लान्छाना लगाउदै घृणित ब्यबहारप्रति तुरून्त संस्था खारेजीको माग गर्दै निम्न बुदाहरूको उत्तर चाहन्छ ।

१ ) यो लकडाउनको समयमा २४ घन्टामा सम्म पनि संस्थाको ईमेल खोलेर पत्र समेत नपढ्ने र त्यसको जवाफ नदिने वा सम्बोधन नगर्नेहरुले कसरि संस्था चलाउनछन् ? कसरि जनउत्तरदायी हुन्छन ?

२)आधीकारीक ईमेल गरेर हामीले दिएको ७२ घन्टा बितीसक्दा पनि राहत वितरण नगर्दा पिडित झन् पिडित हुदै गएको अवस्थामा ज़िम्मेवारी कसले लिन्छ ?

३ ) राजनितीक शक्तिको खुड्किला चढेर यहाँको नेपाली समुदायमा राजनिती नगर, यस्तो आपतमा सबै मिलेर सहयोग गर्ने अवस्थामा काम गरेका व्यक्तीहरूलाई नचाहीदो लान्छना र आरोप लगाउन एनआरएन संस्था खोलेको हो ? राजनिती गर्ने भए नेपाल गएर राजनीति किन नगर्ने , जहाँ खुलुम्खुल्ला २४ घन्टा खुल्ला छ ।

४ ) स्पेनमा आईसीसी लेवलबाट कुनै सहयोग ल्याउन नसक्ने र अरूले अनेक दुख गरेर स्पेनमा ल्याएको सहयोग लाई स्वागत गर्नुको सट्टा अध्यक्षले सहयोग चाहीदैन भनेर रोक्नु कहासम्म जायज हो ?

५ ) हामीले स्पेनमा रहेका करीब १ हजार अबैधानीक नेपाली दाजुभाई दिदीबहीनीहरूलाई सबै तथ्यांक संकलन गरी लकडाउनको समयमा आवश्यक खाद्यान्न र प्रतिब्याक्ती एक महिनाको भाडा बराबरको हुने १५० यूरो बितरण गर्ने योजना बनाई आईसीसी लेबल तथा बाहीरी मनकारी चन्दा दाताहरूसंग परामर्श गर्दै संकलन गर्न र पिडितलाई वितरण गर्ने योजना बनाइरहदा एनआरएनए स्पेनका अध्यक्षद्वारा एनआरएन केन्द्रमा पत्रचार गर्दै स्पेनमा उक्त सहयोग रोक्न लगाएको हुनाले आजका मितीबाट राहत पाउन बन्चित पिडीतहरूको ज़िम्मा कसले लिन्छ? के अब यो ज़िम्मा एनआरएनए स्पेनले पुरा गर्छ ?

६ ) यस्तो पाराले नेपालीहरुको साझा संस्था चलाउनेहरूले, संस्था चलाउछु भनेर गफ हाक्नुभन्दा बरु घरमै मौन बस्दा बेश हुन्छ। यस्तो संस्था र त्यसको नेतृत्वको समुदायलाई के काम ? अन्तमा , सबै नेपालीहरुको साझा मानिएको एनआरएनए जस्तो संस्थाले व्यक्तिगत मानहानी गरी झुट्टा बिज्ञप्तीहरू निकालेर जगतको उपहास गरेको छ। केन्द्रिय अध्यक्ष कुमार पन्त ज्युले यी मुद्धाहरु हेरेर आवश्यक कारवाही गरि यी सम्पूर्ण झुटा बिज्ञप्तिहरु खारेज गर्नुहुनेछ भन्ने आशा लिएका छौ। समुदायको सेवामा, सन्त बहादुर क्षेत्री अध्यक्ष हाम्रो नेपाल हामी नेपाली बार्सिलोना, स्पेन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *