Type to search

स्विस/प्रवास

एनआरएनएले यसै वर्ष देखि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुरु गर्ने

Share

गैरआवासिय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा संरक्षण समितिले प्रत्यक वर्ष गैरआवासीय नेपाली लेखकहरुको प्रकाशित नेपाली वाङमयको श्रीबृद्धिका लागि एक उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा “अरनिको पुरस्कार” राखिएको छ ।

हालै सम्पन्न नेपाली भाषा, साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षय कोष प्रवन्ध समितिको बैठकले उत्क्रिष्ठ पुस्तकलाई दुई लाख रुपैयाँ र प्रमाणपत्रसहित पुरस्क्रित गर्ने निर्णय गरेको हो ।

समितिले बिक्रम सम्बत २०७७ भरि प्रकाशित नेपाली वाङमयका गैरआवासीय नेपाली भाषी लेखकहरूबाट प्रकाशित पुस्तकहरुको संकलन यहि जुलाई मसान्त, २०२१ सम्म गरिसक्ने निर्णय गरेको छ । त्यसका लागि अमेरिकाको बोस्टन, फ्रान्सको पेरिस र संघको अन्तर् राष्ट्रिय सचिवालय काठमाडौं मध्ये कुनै एक स्थानमा पुस्तक पठाउन सकिने छ।

उक्त पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन वा एनआरएनए डेका दिन प्रदान गरिने छ । अक्षय कोष संचालन गर्न बनेको बिनियम अनुसार प्रबन्ध समितिको संयोजकमा एनआरएनएका पुर्व कोषाध्यक्ष तथा भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापा छन् । सदस्यहरुमा नयनराज पाण्डे, निलम कार्की निहारिका, ददि सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त छन् । सल्लाहकारहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती, एनआरएनए अध्यक्ष कुमार पन्त र पुर्व अध्यक्ष जीवा लामिछाने छन् ।

पुरस्कार तयारी समितिले पुरस्कार संचालनका लागि पचास लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २१ लाखको प्रतिबद्धता जुटाइसकेको तयारी समितिका अर्थ संयोजक इस्वर भट्टले बताएका छन् ।

त्यसैगरि अर्को वर्षबाट प्रवासमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदाका लागि योगदान दिएका महत्त्वपुर्ण ब्याक्तित्वलाई समेत सम्मान र पुरस्कृत गर्न थालिने समितिले जनाएको छ ।

प्रवन्ध समितिले मुल्यांकनका निम्ति बिशिस्ठ साहित्यकारहरु रहेको छुट्टै समिती बनाउन सक्ने छ । पुरस्कार सेप्टेम्बर महिनासम्म घोषणा गरिने छ ।

पुरस्कार दाबीकालागि लेखक स्वयं, प्रकाशक, संघ संस्था वा लेखकका शुभेच्छुकहरुले लेखकको स्वीकृतिमा तलका तीन ठेगाना मध्ये कुनै एक ठेगानामा जुलाई मसान्त २०२१ (बिक्रम सम्बत २०७७ चैत्र मसान्तर) सम्ममा छापिएको पुस्तकको तीन प्रति पठाउनु पर्नेछ ।

पुस्तक पठाउने ठेगाना

(क ) Dadi Sakota

17 Rue Françis Perrin

91190 Gif-Sur-Yvette ,

France

(ख ) Maheshwar Pant

1646 Main St, Walpole MA 02081, USA

(ग ) गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सचिवालय,

सुवर्ण शमशेर मार्ग,

बालुवाटार , काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *