Type to search

स्विस/प्रवास

एनआरएनएले यसै बर्ष देखि ” अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ” दिन शुरु गर्ने

Share

-बोस्टन , अमेरिका
गैरआवासीय नेपाली संङ्घको भाषा, साहित्य , संस्कृति तथा सम्पदा सम्मरक्षण समितिले प्रत्यक बर्ष गैरआवासीय नेपाली लेखकहरुको प्रकाशित नेपाली वाङमयको श्रीबृद्धिका लागि उल्लेखनिय भूमिका खेलेको मध्य एक उत्कृष्ट पुस्तकलाई प्रदान गरिने छ। पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा ” अरनिको पुरस्कार ” राखिएको छ । हिजो सम्पन्न नेपाली भाषा , साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षय कोष प्रवन्ध समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिले बिक्रम सम्बत २०७७ भरि प्रकाशित नेपाली वाङमयका गैरआवासीय नेपाली भाषी लेखकहरूबाट प्रकाशीत पुस्तकहरुको संकलन यहि जुलाई मसान्त, २०२१ सम्म गरि सक्ने निर्णय गरेको छ। त्यसका लागि अमेरिकाको बोस्टन , फ्रान्सको पेरिस र सङ्घको अन्तरास्ट्रिय सचिवालय काठमाडौं मध्य कुनै एक स्थानमा पुस्तक पठाउन सकिनेछ। दुई लाख रुपैँयाको पुरस्कार राशी भएको पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदान गरिने छ। अक्षय कोष संचालन गर्न बनेको बिनियम अनुसार प्रबन्ध समितिको संयोजकमा एनआरएनएका पुर्व कोषाध्यक्ष तथा भाषा, साहित्य , संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापा सदस्यहरुमा नयनराज पाण्डे , निलम कार्की निहारिका , ददी सापकोटा तथा सदस्य सचिवमा महेश्वर पन्त रहनु भएको छ । सल्लाहकारहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती , एनआरएनए अध्यक्ष कुमार पन्त र पुर्व अध्यक्ष जीवा लामिछाने रहनु भएको छ ।

पुरस्कार तयारी समितिले पुरस्कार संचालनका लागि पचास लाखको अक्षय कोषको स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २१ लाखको प्रतिबद्धता जुटाइ सकेको तयारी समितिका अर्थ संयोजक इस्वर भट्टले बताउनु भयो।

त्यसै गरि अर्को बर्षबाट प्रवासमा रहेर नेपाली भाषा , साहित्य , संस्कृति तथा सम्पदाका लागि योगदान दिएका महत्त्व पुर्ण ब्याक्तित्वलाई समेत सम्मान र पुरस्कृत गर्न थालिने सदस्य सचिव महेश्वर पन्तले बताउनु भयो। उहाँका अनुसार प्रवन्ध समितिले मुल्यांकनका निम्ति बिशिस्ट साहित्यकारहरु रहेको समिती छुट्टै बनाइने र सेप्टेम्बर महिना सम्म पुरस्कार घोषणा गरिनेछ। पुरस्कारका लेखक स्वयं , प्रकाशक , संघ सस्था वा लेखकका शुभेच्छुकहरुले लेखकको स्वीकृतिमा तलका तीन ठेगाना मध्य कुनै एक ठेगानामा जुलाई मसान्त २०२१ सम्म, बिक्रम सम्बत २०७७ चैत्र मसान्तर सम्ममा छापिएको पुस्तकको तीन प्रति पठाउनु पर्नेछ।

(क ) Dadi Saokota 17 Rue Françis Perrin 91190 Gif-Sur-Yvette , France
(ख ) Maheshwar Pant 1646 Main St, Walpole MA 02081, USA
(ग ) गैरआवासीय नेपाली सङघ , अन्तर्राष्ट्रिय सचिवालय , सुवर्ण शमशेर मार्ग , बालुवाटार , काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *