स्विट्जरल्याण्डमा लकडाउन केहि खुकुलो, सोमवार देखि के गर्न पाउने के नपाउने !!
Share

अहिले युरोपका अन्य देशहरुले लक डाउन कडा पारिरहंदा स्विट्जरल्याण्डमा भने केहि खुकुलो भएको छ। स्विटजरल्याण्डको संघीय सरकारले गत बुधबार एक पत्रकार सम्मेलन गरि उक्त घोषणा गरेको हो।
बिभिन्न बिज्ञहरुको सल्लाह, युरोपियन युनियन संगको परामर्श र स्विस स्वास्थ्य मन्त्रालय र बिभागको कोरोना सम्बन्धि पछिल्लो रिपोर्ट्को आधारमा उक्त निर्णय लिइएको स्विस सरकारका स्वास्थ्य मन्त्री अंला बार्शेले बताएका छन्।
स्विट्जरल्याण्डमा अहिले कोरोना संक्रमितको संख्यामा केहि वृद्धि भएको छ। अव निकट भविष्यमा अधिकांस नागरिकहरुलाई भ्याक्सिन लगाइसकिने योजनामा स्विस सरकार रहेको कुरा पनि मन्त्री बार्सेले जानकारी दिएका छन्। स्विसमा गत डिसेम्बर देखि वार, रेस्टुरेन्ट, डिस्कोथेक, डान्स क्लब, फिटनेस स्टुडियो लगाएत अन्य धेरै मान्छेहरुको भिडभाड हुने र संक्रमण धेरै हुने ठाउंहरु बन्द रहेका छन् ।
अब सोमबार देखि लागु हुने गरि निम्न कुरालाइ सरकारले केहि खुकुलो बनाएको छ
- स्विस सरकारले बिगत करिब चार महिना देखि बन्द रहेको रेस्टुरेन्टहरु पुन खोल्न दिने निर्णय गरेको छ। जस अनुसार रेस्टुरेन्ट र बारहरुले बाहिर मात्र सेवा प्रदान गर्नु पर्ने छ। बाहिरि गार्डेन, टेरासे भएका रेस्टुरेन्ट र बारहरु खुल्ने तर डिस्कोथेक र डान्सबारहरु बन्द रहने।
रेस्टुरेन्ट र वारहरुले गार्डेन र टेरासेमा आफ्ना गेस्टहरुलाइ सेवा दिन सक्नेछन तर त्यसको लागि प्रत्यक टेबुलमा चार जना सम्म मात्र हुनु पर्ने छ। खाने र पिउने समयमा भन्दा बाहेक मास्कको प्रयोग अनिबार्य गर्नु पर्ने छ।
- १५ जना सम्मको कार्यक्रमहरु गर्न पाइने। अब बिभिन्न कार्यक्रममा १५ जना सम्म जम्मा भएर गरिने कार्यक्रमहरु खुल्ला गरेको छ।
- उच्च माध्यामिक बिघ्यालयको पढाइ सुचारु हुने भएको छ जसमा अधिकतम ५० जना सम्म जम्मा भएर गरिने पढाइलाइ खुल्ला गरेको छ।
- फिटनेस स्टुडियोहरु र अन्य एक्टिभिटिका कार्यक्रमहरु खुल्ला भएको छ भने खुल्ला ठाउंमा कन्सर्ट लगाएत को लागि १०० जना सम्म लाइ खुल्ला गरिएको छ।
