Type to search

स्विस/प्रवास

स्विट्जरल्याण्डमा बुर्का लगाउन निषेध

Share

स्विट्जरल्याण्डमा अव बुर्का लगाउन निषेध गर्ने भएको छ। स्विट्जरल्याण्डका जनताले सार्बजनिक स्थलमा बुर्का प्रयोग गर्न पाउने या नपाउने भन्ने नयां कानुनमा नपाउने पक्षमा बढी मतदान गरेका छन् । गत सात मार्च २०२१ आइतवारका दिन भएको अन्तिम मतगणना परिणाम अनुसार अब देखि स्विट्जरल्यान्ड भरि सार्बजनिक स्थलमा बुर्का र निकाब प्रयोग गर्न पाइने छैन ।
स्विट्जरल्याण्ड्को प्रमुख राजनितिक दल स्विस जनता पार्टि (SVP ) ले ल्याएको उक्त इनिसियटिभलाइ स्विस सरकारले जनमतको लागि भोटिंगमा लगेको थियो। स्विसका ५१.२१ प्रतिशत जनताले बुर्का प्रतिबन्द लगाउनु पर्नेमा मतदान गरेका छन् ।

बुर्का प्रतिबन्ध स्विस मुस्लिम बिरुद्द छैनः गृहमन्त्रि केल्लर सुटर
बहुमत जनताले बुर्का प्रतिबन्ध लगाउनु पर्नेमा मतदान गरेपछि स्विस संघीय सरकारका गॄहमन्त्रि कारिन केल्लर सुटरले उक्त प्रतिबन्ध अल्पसङ्ख्यक मुस्लिम समुदाय प्रति लक्षित नरहेको बताएकी छिन् । आइतवार मतदानको परिणाम आए लगत्तै पत्रकार सम्मेलन गरि उनले उक्त कुरा बताएकी हुन् । सरकारले बुर्का प्रतिबन्ध लगाउन नचाहेको।सरकार बुर्का प्रतिबन्धको बिरोघमा रहेको तर जनताले बिपरित फैसला गरेको भन्दै स्वास्थ्य र सुरक्षामा असर नगरेसम्म मस्जिदमा बुर्का प्रतिबन्ध लागु नहुने उनले बताएकी छिन् ।

मुस्लिम समुदाएको बिरोध
स्विट्जरल्याण्डमा करिब चार लाखको संख्यामा मुस्लिम धर्मालम्बिहरुको बसोबास रहेको छ। आइतवारको उक्त मतपरिणाम पछि स्विस मुस्लिमहरु केहि आक्रोसित बनेका छन् भने बासल,जुरिच,बेर्न लगाएतका कतिपय सहरहरुमा आइतवार बेलुका बिरोध जुलुस पनि निस्किएको थियो ।
स्विट्जरल्याण्डमा केहि बर्ष पहिले पनि मुस्लिम धर्माबलम्बिहरुले मस्जिदमा माइक लगाउन पाउने या नपाउने भनि यस्तै प्रकारको मतदान भएको थियो। उक्त इनिसियटिभमा पनि लगाउन नपाउने भन्ने पक्षमा धेरै जनमत आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *