Type to search

मुख्य समाचार स्विस/प्रवास

स्विट्जरल्याण्डमा नेपालको राष्ट्रिय दिवस सम्पन्न

Share

लक्ष्मण देवकोटा ,२२ सेप्टेम्बर, जेनेभा

स्विट्जरल्याण्डको जेनेभामा नेपालको राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ।  संयुक्त राष्ट्रसंघ, विश्वव्यापार संगठन लगायत जेनेभा स्थित अन्तरराष्ट्रिय संगठनको स्थायी मिसन एवं नेपाली दूतावासको आयोजनामा विश्व बौद्धिक सम्पदा संगठनको सभा हलमा समारोह भएको थियो। 

जेनेभा स्थित विभिन्न कुटनीतिक नियोगका प्रमुख, अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख, विभिन्न मुलुकका राजदूत लगायत स्विसवासी नेपाली समुदायको समारोहमा सहभागीता थियो। 

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना संदेश सुनाउंदै राजदूत राम प्रसाद सुबेदीले बहुदलीय लोकतन्त्र, संघीय शासन प्रणाली, स्वतन्त्र न्यायपालिका, आवधिक चुनाव, पूर्ण प्रेस स्वतन्त्रता, मौलिक अधिकारको ग्यारेन्टी सहितको संबिधान निर्माणमा बलिदान दिनेहरु सबैप्रति सम्मान ब्यक्त गर्नुभयो। 

राजदूतको भनाइ थियो, नेपालको संबिधान शान्ति, लोकतन्त्र र विकासको बाटोमा अघि बढ्ने नेपाली जनताको इच्छाको प्रतिक हो। 

राजदूत सुबेदीले नेपालमा विशेषगरी व्यापार, पर्यटन र लगानीका क्षेत्रमा फस्टाउँदै गएको व्यवसायिक वातावरण र कोभिडपछिको वर्षमा मुलुकको स्थिर आर्थिक बृद्धि र २०२६ मा एलडीसी वर्गबाट उत्तीर्ण हुने तयारीका बारेमा संक्षिप्त जानकारी दिनुभयो । 

विशेषगरी सबै मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि जेनेभामा स्थायी नियोगको संलग्नताको बारेमा सिंहावलोकन, आधारभूत सिद्धान्तहरू र काममा अधिकारहरूको संरक्षणको बारेमा भएका कामहरु बारे बताउनु भएको थियो। 

IMG_0484.jpeg

विश्व व्यापार तथा विकास समितिको अध्यक्ष, आईएलओको परिचालक निकायका उपसदस्य र अन्तर्राष्ट्रिय जेनेभामा एलडीसी समूह संयोजकको हैसियतमा बहुपक्षीय प्रक्रियाका साथै आगामी बर्ष २०२७-२०२९को निम्ति मानव अधिकार परिषद्मा नेपालको सदस्यताको लागि सहयोग, ऐक्यबद्धता र योगदान गर्ने अवसरका लागि राजदूत सुबेदीले सदस्य राष्ट्रहरूलाई धन्यवाद दिनुभयो। 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *