स्विट्जरल्याण्डको राजधानी बर्नमा दशैं कार्यक्रम सम्पन्न
Share

गत आठ अक्टोवर शनिवारका दिन स्विट्जरल्याण्डको राजधानी बर्नमा नेपाली समाज बर्नको आयोजनामा दशैं कार्यक्रम सम्पन्न भएको छ। स्विट्जरल्याण्डबासी नेपालीहरुले बेर्न शहरमा दशैंको टिका, जमरा र मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका साथ मनाए।
कार्यक्रममा पोर्चुगलबाट आएकी नेपाली गायिका अंकीता मगरले सांगितिक कोशेलीहरु प्रस्तुत गरेका थिय । कार्यक्रममा तारा हिन्च र विजया भट्टले उपस्थितहरुलाई दशैंको टिका र जमरा लागाई दिएका थिए।
गायिका मगरको सांगितिक कोशेली र दिजे हिरालाल श्रेष्ठको संगीतले उपस्थिति सबैलाई नचाएको थियो।





