Type to search

स्विस/प्रवास

सोनाम ल्होछारको दिन पारेर स्विट्जरल्याण्डमा तामाङ्ग समाज खोलियो

Share

गत ६ फेब्रुअरी २०२२ आइतवारका दिन स्विसबासि नेपालीहरुले स्विट्जरल्याण्डको सेन्टगालेन स्थित एभरेष्ट रेस्टुरेन्टमा सोनाम ल्होछार पर्व कार्यक्रम आयोजना गरेका थिय। उक्त कार्यक्रममा स्विसका बिभिन्न स्थानमा बसोवास गर्ने नेपालीहरुको उपस्थित रहेको थियो।

तामाङ समुदायले माघ महिनाको पहिलो पूर्णिमाका दिन ल्होछार मनाउने गर्दछन् । र उनीहरूले आफ्नो नयाँ वर्ष मनाउने तरिका तिब्बती समुदायसँग मिल्दोजुल्दो छ जहाँ उनीहरूले १२ चन्द्र महिना मिलेर बनेको तिब्बती पात्रोलाई पछ्याउँछन्।

मुसाबाट सुरु भई बँदेलमा अन्त्य हुने १२ वटा विभिन्न जनावरको संगममा वर्ष गन्ने चलन समुदायमा छ । यसै बर्ष गन्ने क्रममा अहिले २८५८ सम्वतमा ताक यानिकि जनावर बाघ परेको छ।

यसै सोनाम ल्होछारको उपलक्ष्य पार्दै स्विसमा बसोबास गर्ने नेपाली तामाङ्गहरु मिलि तामाङ्ग समाज खोलिएको छ । उक्त समाजमा चुनिनुहुने सम्पूर्ण व्यक्तिहरु तल उल्लेखित गरिएको छ।

अध्यक्ष: केरसिङ तामाङ
उपाध्यक्ष: सन्जु तामाङ गुरूङ
उपाध्यक्ष: गोपाल तामाङ
सचिव: प्रदिप तामाङ
सह सचिब: सुनिता लामा ब्लोन
कोषाध्यक्ष: माया स्याङबो तामाङ

सदस्यहरु:
ईमान योन्जन तामाङ
डम्बर तामाङ
दुर्गा तामाङ
प्रेम लामा
नाङगङ लामा
श्रिजना डिमडुङ
बिनोद मोक्तान

बरिष्ठ सल्लाहकारहरु
सुभा एल्मर लामा
दावा पाख्रिन
ज्ञानेन्द्र घले
टंक पाख्रिन

संरक्षक
दिलीप लामा

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *