Type to search

स्विस/प्रवास

महिला सशक्तिकरणको एजेन्डा सहित एनआरएनए महिला उपाध्यक्षमा जानकी गुरुङको उम्मेदवारी

Share

काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको महिला उपाध्यक्ष पदमा जानकी गुरुङले उम्मेदवारी दिने भएकी छन्। संघका केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कू्ल आचार्यको समूहबाट उनले उम्मेदवारी दिने भएकी हुन्। ‘पद्धति र पारदर्शिताका लागि एनआरएनएमा निरन्तरता’ भन्ने मूल नारा लिएर उनी चुनावमा होमिएकी हुन्।

गैर आवासीय नेपाली संघमा स्थापनादेखि नै सक्रिय रहेकी गुरूङ एनआरएनए बेल्जियमकी संस्थापकसमेत हुन्। सन् २००५ देखि निरन्तर एनआरएनए अभियानमा सक्रिय गुरुङ संस्थागत प्रणालीको विकासमा निरन्तर लागिपरेकी छन्। सन् २०१७–२०१९ मा आइसीसी सदस्य रहेकी जानकीले २०१९ मा महासचिव पदमा उम्मेदवारी दिएकी थिइन्।एनआरएनएका एनसीसीदेखि आइसीसीसम्म विभिन्न पदमा रहेर काम गरेकी गुरुङले संस्थाको विकास, हित, पारदर्शिता र संस्थागत प्रक्रियाका विषयमा निश्चित
एजेण्डासहित महिला उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेको बताइन्।

‘सन् २००५ देखि निरन्तर रूपमा संस्थाको राष्ट्रिय समन्वय परिषद बेल्जियमदेखि क्षेत्रीय हुँदै केन्द्रीय तहमा सचिवसमेत भएर काम गरेको अनुभव, उपलब्धिहरू र संघभित्र रहेका कमीकमजोरीलाई नजिकबाट गरेको अध्ययनको आधारमा संघलाई थप उचाईमा पुर्‌याउन मैले अझै योगदान दिन जरुरी छ भनेर
प्रतिस्पर्धामा उत्रिएकी हुँ,’ उनले भनिन्।

‘महिला सक्षमता प्रदर्शन’

संघभित्र मौलाउँदै गएको अनियमितता, अपारदर्शिता र व्यापारिक रवैयालाई निस्तेज पार्न ढिला भइसकेको बताउँदै अब त्यस्तो प्रवृत्ति निर्मूल पार्नुपर्ने उनले बताइन्‌। संघ भित्र महिलाहरूको गौरवपूर्ण सहभागिता र उपस्थितिको खाँचो देखिएको बताउँदै महिला सक्षमता प्रदर्शन गर्न र महिला पनि नेतृत्वका लागि तयार छन् भन्ने देखाउन पनि आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारिन्।

कर्मभूमि र जन्मथलोबीचको समन्वय आवश्यक रहेको भन्दै उनले ‘कर्मथलोको हरेक एजेण्डालाई प्राथमिकता दिएर जन्मथलोको समृद्धि र विकासमा योजनावद्ध रूपमा प्रस्तुत हुने’ आफ्नो प्राथमिकता हुने बताइन्।

‘प्रवासमा जानेको, भोगेको र आर्जेको सीप पूँजी र अनुभवलाई जुनसुकै तवरमा जन्मथलो भित्र्याएर नेपालको विकास र समृद्धिको लागि अधिकतम प्रयास गर्नु हाम्रो दायित्व हुन्छ,’ उनले आफ्नो चुनावी एजेण्डामा उल्लेख गरेकी छन्।

महिला उपाध्यक्ष उम्मेदवार जानकी गुरुङका एजेण्डाहरू :

— महिला सशक्तिकरण र संस्थाको हरेक तहमा महिलाको नेतृत्वदायी भूमिकाका
लागि आवाज उठाउने छौं।

– हामी इमान्दारिता र उच्च मनोबलका साथ राम्रो काम गरेर संस्थाको साखलाई
उचो राख्नेछौं।

– पद्धति र पारदर्शिता कायम राख्दै अनावश्यक गतिविधिहरूलाई रोकी संघप्रति
बढ्दै गएको वितृष्णालाई हटाउनेछौं।

– जुनियर एनआरएन, महिला र युवाहरुको सक्रिय सहभागितामा विशेष ध्यान दिनेछौं।

– कर्मथलोको हरेक एजेण्डालाई प्राथमिकता दिएर जन्मथलोको समृद्धि र
विकासमा योजनाबद्ध रूपमा प्रस्तुत हुनेछौं।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *