Type to search

स्विस/प्रवास

प्रवासी नेपाली एकता मन्च स्विट्जरल्याण्डको बधाइ तथा शुभकामना संदेश

Share

प्रवासी नेपाली एकता मन्च स्विट्जरल्याण्डले एक बिज्ञप्ति जारि गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको सर्बोच्चको आदेशको स्वागत गरेको छ । मन्चका अध्यक्ष अचुत प्रसाद फुयाल र सचिब धर्म गुरुङद्वारा जारि बिज्ञप्तिमा ओली सरकारले गरेको प्रतिगमनको बिरुद्दमा आवाज उठाउने सबैलाइ हार्दिक धन्यबाद समेत दिएको छ।

बिज्ञप्ति जस्ताको त्यस्तै :

प्रवासी नेपाली एकता मन्च स्विट्जरल्याण्डको बधाइ तथा शुभकामना संदेश

नेपाली जनताले ७० बर्ष देखि लडेर ल्याएको गणतन्त्र र जनताद्वारा लेखिएको संविधानलाइ नै समाप्त पार्ने गरि प्रधानमन्त्री केपी ओलीद्वारा हताठ रुपमा गरिएको प्रतिनिधि सभा बिघटनलाइ आज सर्बोच्च अदालतले बदर गरिदिएको छ। सर्बोच्च अदालतको उक्त निर्णयको प्रवासी नेपाली एकता मन्च स्विट्जरल्याण्ड हार्दिक स्वागत गर्दछ।प्रतिगमनका बिरुद्ध ,संविधान र बिधिको शासनको लागि आवाज बुलुन्द गर्ने सम्पुर्ण जनता,राजनितिक पार्टि , लेखक , पत्रकार , बुद्धिजीबी , कलाकार , नागरिक समाज लगाएत सबैलाइ हार्दिक धन्यबाद सहित हार्दिक बधाइ दिन चाहन्छौं ।

यस्तो असंबैधानिक र प्रतिगमनकारी काम गर्ने प्रधानमन्त्रीले नैतिकताको आधारमा सरकारबाट तुरुन्त राजिनामा दिन पनि हामी जोडदार माग गर्दछौं ।
प्रवासी नेपाली एकता मन्च स्विट्जरल्याण्ड प्रधानमन्त्रीले चालेको उक्त प्रतिगामि कदमको बिरोध गर्दै आएको थियो ।

अचुत प्रसाद फुयाल
अध्यक्ष
धर्म गुरुङ
सचिब
प्रवासी नेपाली एकता मन्च स्विट्जरल्याण्ड
२३ फेब्रुवरि २०२१

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *