Type to search

स्विस/प्रवास

पत्रकार महासंघ युरोपको निर्वाचन : केन्द्रिय प्रतिनिधीसहितको हर्कतले पत्रकारहरुनै लज्जित

Share

-निराजन श्रेष्ठ

गत २६ गते मार्च २०२१ मा नेपाल पत्रकार महासंघ युरोप (एफएनजे युरोप) को निर्वाचन भयो भनेर व्यापक अनलाइन पोर्टलहरुमा पचारप्रसार गर्दै आएका छन् । तर एफ एन जे युरोपले के कसरी निर्वाचन सम्पन्न गर्यो भन्ने बारे कार्यसमिती बाहेक अरु कसैलाई पनि जानकारि छैन ।

नयाँ कार्यसमिति गठनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य राजेश चाम्लिङको संयोजकत्वमा डा उदयदेव आचार्य सदस्यसचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो । अधिबेशन सम्पन्न गर्न केन्द्रिय प्रतीनिधी चिरन शर्मा तोकिएका थिए ।

बेलुका चार बजेदेखि सुरु भएको भनिएको भर्चु अल निर्वाचनमा बेलुका आठ बज्दासम्म पनि केजिन राइ लगायत राजेश चामलिंग र चिरन शर्मा २० मिनेट पनि निरन्तर उपस्थित भएनन् । उपस्थित हुँदै निक्लदैं गरे । साँझ दश बजे पछि अचानक राजेश चाम्लिङ्ग र चिरन शर्माले अध्यक्ष प्रेम परियारको नेतृत्वमा बाँकी कार्यसमितिका नामावली भट्टाभट भन्दै निर्वाचन औपचारिक रुपमा समापन भयो भन्ने जानकारी गराए । केजिन राइले आफ्नो गोजीका मान्छेहरुलाइ पद बाँडेर छेउ लगाइसकेका थिए ।

पछाडीबाट अध्यक्षमा उमेद्वारी दिएका महेश कुमार खाती भने बिरोध गर्दै थिए । नामावली घोषणा गर्दा खातीको माइक्रोफोन बन्द गरिएको थियो । ‘यो हुन् सक्दैन, मैले पनि उमेद्वारी दिएको छु। मेरो सुनवाई भएन’ भन्दै खाती उफ्रँदै गर्दा उनको माइक्रोफोन फेरी अफ गरियो । निर्वाचन प्रक्रिया तोडेर मन लाग्दो गरिएको भन्दै कार्य समितिका अरु सदस्यहरुले बिरोध गर्दैगर्दा सबैलाई बोल्न नमिल्ने बनाइयो । माइक्रोफोन सबैको बन्द गराए । राजेश चाम्लिङ्ग र चिरन शर्मा केहि नभनी बाहिरीए । भर्चुअल जुम पनि अकस्मात बन्द गरियो ।

एफएनजेको अध्यक्ष पदमा केजिन राइ, महेश कुमार खाती, द्रोण रिजाल, सरला कटेल र प्रेम परियारले उमेद्वारी दिएका थिए । अन्तमा तीनजना मात्र चुनावी मैदानमा उत्रिए । केजिन राइ, प्रेम परियार र महेश खाती ।

राइको बिधान अनुसार तिन पटक अध्यक्ष हुन नसक्ने भए पछि राइ आफैले प्रेम परियारलाइ अध्यक्षमा प्रस्ताब गरेको देखियो । महेश खातीले अध्यक्ष पदमा उमेद्वारी दिएर चुनाबी प्रक्रियासम्म पुगे । प्रेम परियार र महेश खाती चुनावी प्रक्रियामा गएमा खाती अध्यक्ष हुने निश्चित देखिएको थियो ।

यसै क्रममा केजिन राइ,चिरन शर्मा र केन्द्रका निर्वाचन संयोजक राजेश चाम्लिङ्ग मिलेर जबर्जस्ति खातीको अध्यक्ष पदमा रित पुगेता पनि नपुगेको आरोप लगाउँदै जबर्जस्ति प्रेम परियारलाइ अध्यक्ष घोषणा गरे । जबकि प्रेम परियारको पनि त्यो हिसाबमा अध्यक्ष पदमा रित पुग्दैन । जब कार्यसमितिका अरु सदस्यहरुले बिरोध गर्न सुरु गरे चिरन शर्माले जबर्जस्ति लाइन कटाउन जुम होस्टलाइ दबाब दिए । जब कार्य समितिका सदस्यहरुले बिरोध गरे पछि निर्वाचन कमिटिले तोकिएको नयां कार्यसमिति रद्ध हुन्छ भन्ने डरले जबर्जस्ति चुनावी प्रक्रिया तोडेर आफूखुशि जुमबाट बाहिरीए ।

कार्यसमितिका सदस्यहरुले बिरोध जनाउनु अघिनै अनलाइन पोर्टल समाचार मार्फत सहमतिमा प्रेम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भनेर जतासुकै भ्रम बाँढियो।

नयाँ अध्यक्ष प्रेम परियारलाइ पद थमाइदिए पछि उनले स्वीकारे । अचम्मको कुरो के छ भने अर्को पटक फेरि संघ आफ्नो बनाउन केजिन बरिष्ठ उपाध्यक्ष भइ नौं जना उपाध्यक्ष, पाँच जना सचिव रहेको कार्यसमति देख्दा सहभागिहरुनै हाँसेका थिए । कोषाध्यक्ष पदमा बाबा राजेश्वरी थापाले उमेद्वारी दिएकी थिइन् । तर जबर्जस्ति थापाको नाम निकालेर केजिन राइ कि श्रीमती इन्दिरा चाम्लिङ्गलाइ मनोनित गरेका छन् ।

जो जसले पद पाएपनि निर्वाचनकोको प्रक्रिया तोडेर गलत प्रवृति मार्फत आफ्नो अधिनमा ल्याउने प्रति बिरोध गर्नुपर्ने धेरैको भनाई छ । संघ संस्थालाइ झोले प्रवृति बनाउने, समस्याको समाधान गर्न नसक्ने, कार्यसमिति भित्र बिबाद भए संस्थाबाट हुन्छ कि के बाट हुन्छ आफुले चाहे जसरि निकाला गर्ने जस्ता केजिन प्रवृतिको बिरोध धेरैले गरेका छन् । केन्द्रका प्रतिनिधि र युरोपमा बसेर पनि केजिनको झोले प्रवृतिमा बिक्न सक्ने निर्वाचन कमिटि प्रतिको बिरोध पनि धेरैले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *