Type to search

स्विस/प्रवास

न्युज पिएनटिभिले मनायो आफ्नो स्थापनाको पहिलो बार्षिकउत्सब

Share

गो डिजिटल मिडिया प्राइभेट लिमिटेड द्वारा सन्चालित पोल्याण्डबाट प्रकासित हुने वेब पोर्टल न्युजपिएनटिभि डट कमले आफ्नो स्थापनाको एक बर्ष पुरा गरेको छ। स्थापनाको बार्षिकउत्सब पारेर हिजो उक्त मिडियाले एक भब्य कार्यक्रम गरि बार्षिकउत्सब मनाएको छ। जर्मनिका लागि नेपालि राजदुत महामहिम रामकाजि खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको बिशेष अतिथि नेपाल पत्रकार महासघ केन्द्रिय महासचिब रोसन पुरि,केन्द्रिय सदस्यहरु रिन्कु कुमारि मिश्र र रन्जु कुमारि ब्लोन रहनु भएको थियो ।

सम्पादक सेर बहादुर परियारको सभापतित्वमा सम्पन्न कार्यक्र्मको सन्चालन उक्त मिडियाका कार्यकारि सम्पादक अनिल पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तब्य गोडिजिटल मिडियाका प्रमुख बिबेक पौडेलले गर्नु भएको थियो।

भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा अतिथिको रुपमा बिभिन्न बक्ताहरुले आफ्नो सुभकामना मन्तब्य दिनु भएको थियो । सुभकामना मन्तब्य दिने अतिथिहरुमा पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष – नरेश खपांगी मगर,एनआरएनए मिडिया टास्क फोर्स चिरन शर्मा,नेपाल पत्रकार महासघ युरोप शाखा अध्यक्ष प्रेम परियार, नेपाल पत्रकार महासंघ युरोप शाखा बरिष्ट उपाध्यक्ष तथा निवर्तमान अध्य्क्ष केजिन राइ, एनआरएनए आइसीसी सदस्य डा बोधराज सुबेदी , एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटा, पोल्याण्डका लागि नेपालि पर्यटन दुत तथा नेपाली ब्यबसाय संघ पोल्याण्डका अध्यक्ष डा उदयदेव आचार्य , एनआरएनए स्पेन उपाध्यक्ष उत्तर राई, नेपाल पत्रकार महासंघ युरोप शाखा उपाध्यक्ष दिल निशानी मगर, नेपाल पत्रकार महासंघ युरोप शाखा उपाध्यक्ष दिपेन्द्र गजुरेल , प्रवासी नेपालि मंच पोल्याण्डका अध्यक्ष टंक कटुवाल , एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी, नेपाल पत्रकार महासघ युरोप शाखाका बरिष्ट उपाध्यक्ष तथा इनेपाल खबर सम्पादक महेश कुमार खाती, नेपाल पत्रकार पत्रकार महासघ युरोप शाखा उपाध्यक्ष तथा युरोपनेपालि खबर सम्पादक राजकुमार थापा, नेपाल पत्रकार महासघ युरोप सखाका उपाध्यक्ष तथा नेपाली शब्दका सम्पादक रविचन्द्र भट्टराई, पानि अभियन्ता (पोल्याण्ड -नेपाल डट कम संचालक ) मित्रलाल पार्दे, वि नेपाली सम्पदाक स्याम लुईटेल , नमुना नेपाल सम्पादक कलश खरेल , नेपाल २४ आओर्स डट कम सम्पादक बाबा राजेस्वारी थापा ,स्पेन नेपाल डट कम सम्पादक कमल पराजुल, स्विस नेपाल डट कमका सन्चाकल समिति सदस्य युवराज फुयाल, रास्ट्रीय समाचार समिति (प्रतिनिधि ) पोर्तुगल भगवान गिरि नेपाल पत्रकार महासघ युरोप साखा कोसाध्यक्ष इन्दिरा चाम्लिङ, नेपाल पत्रकार महासघ युरोप साखा महासचिब तथा नेपालहोल्याण्ड डट कम का सम्पादक द्रोण रिजाल लगाएत रहनु भएको थियो।

प्रमुख अतिथिको रुपमा कार्यक्रम लाइ सम्बोधन गर्दै जर्मनिका लागि नेपालि राजदुत रामकाजि खड्काले न्युजपिएनटिभिले आफ्नो स्थापनाको एक बर्ष मै समाजमा एउटा दरो छाप छोड्न सफल भएको भन्दै दुताबासका तर्फबाट दिनुपर्ने सुचना हरु आफुले मिडियालाइ सधै उपलब्ध गराउने बताउनु भयो । युजपिएन्टिभिमा बिग्यापन उपलब्ध गराउने बिग्यापन दातालाइ महामहिम राजदुतले सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रम लाइ समापन गर्दै उक्त मिडियाका सम्पादक शेर बहादुर परियारले आफुहरुले एक बर्षको बिचमा युरोप देखि खाडि मुलुक हुदै दक्षिण कोरिया लगाएतका देशमा प्रतिनिधिहरु बिस्तार गर्नुका साथै समाचार प्रसारण र सम्प्रेसण गर्न गर्नु पर्ने कानुनि प्रक्रियाहरु सबै पुरा गरेको बताउदै समाजमा भएका हरेक घटनाहरुको सत्य तथ्य आफुहरुले उजागर गर्ने बताउनु भयो/ आफ्नो निम्तोलाइ स्विकार गर्दै कार्यक्रममा उपस्थित हुनु भएको मा सबै प्रमुख अतिथि, बिशेष अतिथि तथा अतिथि हरुलाइ धन्यबाद दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *