Type to search

स्विस/प्रवास

नेपाल पत्रकार महासंघ युरोप शाखामा सरस्वती कार्की निर्वाचित

Share

– पेम्बा गेलु शेर्पा
बेल्जियम – नेपाल पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशनबाट डेनमार्क निवासी सरस्वती कार्की अध्यक्षमा निर्वाचित भएकी छन । यो सगै नेपाल पत्रकार महासंघ युरोप शाखाले पहिलोपटक महिला नेतृत्व पाएको छ । शाखाको चौथो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्विजरल्याण्ड), उपाध्यक्षमा टेक गिरि (नर्वे), सचिवमा अनुराधा पौडेललाई निर्वाचित गरेका छन । त्यसैगरी सह-सचिवमा भोला लामिछाने (स्पेन) र कोषाध्यक्षमा ल्हाक्पा तेन्जी लामा (रोमानिया) रहेका छन ।

सदस्यहरुमा क्रमस बसन्त रानाभाट (स्पेन), हिरालाल श्रेष्ठ (स्विजरल्याण्ड), बिष्णु शर्मा पौडेल (डेनमार्क ), दिपक धिताल (जर्मनी) र सरोज ढुंगाना (नर्वे) निर्वाचित भए । अधिवेशनबाट शाखाको सल्लाहकारमा संस्थापक अध्यक्ष महेश थापा र निवर्तमान वरिष्ठ उपाध्यक्ष डिल्ली अम्माईलाइ चयन गरेका छन ।

नयाँ कार्यसमिति गठनका लागि पत्रकार महासंघ युरोप शाखाका संस्थापक अध्यक्ष महेश थापाको संयोजकत्वमा निर्वाचन समिती गठन गरेका थिए । निर्वाचन समितिले नेपाल पत्रकार महासंघ युरोप शाखाको नवनिर्वाचित कार्यसमितिबारे केन्द्रिय निर्वाचन समितिलाइ जानकारी गराइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *