Type to search

स्विस/प्रवास

नेपाली युवा गौतमलाई क्यानाडाको “ह्युमनिटेरियन हिरो अवार्ड“ प्रदान

Share

किरण खत्री,११ मंसिर, काठमाडौं । ह्युमनिटेरियन मिसन क्यानाडाले २०२० को ह्युमनिटेरियन हिरो अवार्डबाट युवा समाजसेवी राजेन्द्र गौतमलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमका बिच मिसनले शिक्षा, स्वास्थ र प्रकोप व्यवस्थापनको क्षेत्रमा गौतमको भूमिका असाधारण रहेको कारण सम्मान गरेको जनाएको हो । गत मार्चमा तय गरिएको कार्यक्रम कोरोना महामारीका कारण रोकीएको थियो ।

गौतमले कदर पत्र र पाँच हजार क्यानाडियन डलर अर्थात झन्डै साँढे चार लाख रुपैया प्राप्त गरेका छन । उक्त सम्मान स्वरुप प्राप्त सम्पूर्ण रकम समेत कर्णालीको एक स्वास्थ चौकीको निम्ती एम्बुलेन्स सेवा सन्चालन गर्न दान गर्ने गौतमले कार्यक्रमका बिच घोषणा गरेको मिसनले जनाएको छ । 
सत्र बर्षको उमेर देखी सामाजिक अभियानमा संघषशिल गौतमले नेपालका बिकट जिल्लाका बालबालिकालाई शैक्षिक छात्रब्रिती प्रदान, बिभिन्न दैबी प्रकोपमा राहात तथा उद्दार एवम भुकम्पबाट क्षतीग्रास्त बिधालय पुनर्निर्माणमा अतुलनिय योगदान गरेका छन । 

अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको पूर्व प्रमुख समेत रहेका गौतम आधा दर्जन बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान प्राप्त ब्यक्तित्व हुन भने नेपालका ग्रामीण इलाकाहरूमा सांप्रदायिक शान्ति, ग्रामीण विकास र स्थायी विकासमा योगदान पुर्यायको कदर स्वरुप पिस म्युजियम कोलोराडो अमेरिकाले २०१९ को पिस हिरोबाट समेत गौतमलाई सम्मान गरेको थियो ।

दिगो विकास लक्ष्य २०३० प्राप्तीका निम्ती गौतमले हालै प्रोजेक्ट झोला अभियान सन्चालन गरी रहेको र २०३० सम्ममा बिकट जिल्लाका १००,००० बालबालिकाको हातमा झोला पुर्याउने अभियानमा रहेको तथा नेपालका सात वटै प्रदेशमा मोबाईल मेडिकल यूनिट सन्चालनका निम्ती अभ्यास गरीरहेको मिसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *