Type to search

स्विस/प्रवास

नेपाली जनप्रगतिशिल मंच स्विटजरल्याण्डको अधिबेशन सम्पन्न

Share

स्विटजरल्याण्डको पुरानो संगठन नेपाली जनप्रगतीशिल मंचको आठौ रास्ट्रिय अधिबेशन यहि २१ डिसेम्बर मगलबारका दिन सम्पन्न भएको छ। कोरोना महामारिको बर्तमान अबस्थालाइ मध्यनजर गर्दै अधिबेशन भर्चुअल माध्यमबाट सम्मन्न भएको हो ।

नेकपा मावोवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रबास सह इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथि, प्रबास समन्वय समितिका अध्यक्ष ओम शर्मा बिषेश अतिथि रहनु भएको उद्घाटन कार्यक्रमको अतिथिहरुमा प्रबास समन्वय समितिका सचिब टिबि पाठक,जनप्रगतिशिल मंच युरोप अध्यक्ष सुरेन्द्र भुषाल, सचिब रण खाति, संगठन बिभाग प्रमुख उदयराज गौतम,निर्बाचन आयोग प्रमुख(युरोप) सुरेन्द्र नेपाल श्रेष्ठ, सदस्य चित्र सुबेदि लगाएत युरोपका बिभिन्न देशका जनप्रगतिशिल मन्चका नबनिर्बाचित अध्यक्ष निबर्तमान र पुर्ब अध्यक्ष तथा पदाधिकारी रहनु भएको थियो ।

अधिबेशन छोटो समयमा तय गरिएको हुनाले स्विसका स्थानिय संघ संगठन लगाएतलाइ निमन्त्रणा नगरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
मंचका अध्यक्ष श्याम घलेको अध्यक्षता रहेको उद्घाटन कार्यक्रमलाइ मंचका महासचिब कमल केसिले संचालन गर्नु भएको थियो । त्यस्तै संस्थापक अध्यक्ष अचुत प्रसाद फुयालले उपस्थितहरुलाइ स्वागत गर्नुका साथै जनप्रगतिशिल मंच स्विट्जरल्याण्ड्को संक्षिप्त परिचय र हालसम्मका क्रियाकलापको बारेमा जानकारी गराउनु भएको थियो ।

उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रबास समन्वय समिति सचिब टिबि पाठक, अध्यक्ष ओम शर्मा, जनप्रगतिशिल मंच युरोप अध्यक्ष सुरेन्द्र भुषाल तथा प्रमुख अतिथि सह इन्चार्ज लक्ष्मण पन्तले शुभकामना दिंदै युरोपको सम्म्पन्न देश स्विट्जरल्याण्डबाट नेपाली कम्युनिष्ट आन्दोलनलाइ सधै सहयोग प्राप्त भएको भन्दै मंचको प्रसंसा गर्नु भएको थियो भने आगामि दिनमा पनि निरन्तर सहयोग र एक्यबद्दताको लागि आग्रह गर्नु भयो।

अधिबेशनले श्याम घलेको अध्यक्षतामा एक सदस्य पछि थप्ने गरि १५ सदस्यिय नयां कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ। नयां कार्यसमितिमा महासचिब युबराज फुयाल, कोषाध्यक्ष सिता ओझा, सदस्यहरुमा दर्शन आचार्य, कमल केसि, अचुत प्रसाद फुयाल, कुमारि गुरुङ, फुटुङ्टुङ लामा, दावा पाख्रिन, केयरसिङ तामाङ,कला गुरुङ, धिरज प्रधान,सागर बि.क, शोभाखर गौतम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *