Type to search

स्विस/प्रवास

डा. महाबीर पुन को उपस्थिति कार्यक्रम सम्पन्न

Share

गत आइतवार आठ मे का दिन स्विट्जरल्याण्डको कान्टोन ग्लारुस स्थित मुल्हेहर्णमा डा. महाबीर पुन को उपस्थिति कार्यक्रम सम्पन्न भएको छ। एन आर एन ए स्विट्जरल्याण्डद्वारा गरिएको उक्त कार्यक्रममा बिशेष अथितिको रुपमा स्विट्जरल्याण्ड स्थित नेपाली दूतावास मणि प्रशाद भट्टराईको उपस्थित रहेको थियो।

देश विदेशमा बसोवास गर्ने नेपालीहरुको सतप्रतिशत सहयोगले अगाडी बढेको “राष्ट्रिय आविस्कार केन्द्र” के कसरी र किन खोलिएको भन्ने जानकारी गराउंदै संस्थाले गरेका काम र भविश्यका योजनाहरु के कस्तो छ भन्ने बिस्तृत बिबरण सहित प्रस्तुति गरिएको थियो। देश विदेशमा बसोवास गर्ने नेपालीहरुको साथ् र समर्थन पाए पछि संस्थाको बिषयमा जानकारी दिन र बुझाउन युरोप यात्रामा हिंडेको कुरा डा. पुनले बताएका थिय ।

देश विदेशमा बसोवास गर्ने नेपालीहरुको सतप्रतिशत सहयोगले अगाडी बढेको “राष्ट्रिय आविस्कार केन्द्र”लाइ नेपाल सरकारले कुनै पनि सहयोग नगर्दा दुखित बनाएको पनि डा. पुनले बताएका थिय। सधै साथ् र सहयोगको भरले मात्र संस्था चल्न गाह्रो हुने हुँदा भविश्यमा आय स्रोतको लागि संस्थाकै आफ्नो “अदुवाको स्वाद” रहेको पेय पदार्थ (Ginger soft Drink) जस्ता उत्पादन गर्ने जानकारी पनि गराएका थिय। “अदुवाको स्वाद” रहेको पेय पदार्थ नेपाल अधिराज्य भर परिक्षण गर्दा ७० %प्रतिशत भन्दा बढीले मन पराएको कारणले गर्दा उक्त पेय पदार्थ उत्पादन गर्ने योजना रहेको कुरा बताएका थिय।

“नेपालमा स्वतन्त्र रोजगारीको अवसर”(“Freedom Of Job Opportunities In Nepal “) भन्ने नारा रहेकोले जो कोहि पनि आफ्नो प्रतिभा,सिप ,बिचार र जाँगर जे जस्तो सहयोग पनि “राष्ट्रिय आविस्कार केन्द्र” मा स्वागत छ। राष्ट्रिय आविस्कार केन्द्रको तर्फबाट सधै सतप्रतिशत समर्थन रहने कुरा डा. महाबीर पुनले बताएका छन्।

डा. महाबीर पुन यानिकी “राष्ट्रिय आविस्कार केन्द्र” टिमद्वारा प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट तन,मन धनले नेपाल र नेपालीका लागि गरेको देनलाइ हामीले सम्मान गर्नुका साथ् साथै सकेको सहयोग र समर्थन गर्नु पनि हामी नेपालीको धर्म हो भन्दै ” राष्ट्रिय आविस्कार केन्द्र”लाइ आर्थिक सहयोग गर्न एन आर एन ए स्विट्जरल्याण्डले स्विट्जरल्याण्ड भित्र एक सहयोग अभियान चलाएको थियो। उक्त अभियानबाट एन आर एन ए स्विट्जरल्याण्डले चार हजार स्विस फ्रान्क (4,000 Swiss Franks ) “राष्ट्रिय आविस्कार केन्द्र”लाइ सहयोग गर्न सफल भएको छ । सहयोग गर्नुहुने स्विसबासि नेपालीहरु लगाएत नेपाल प्रेमी स्विसहरुलाइ एन आर एन ए स्विट्जरल्याण्ड की अध्यक्ष शुभा एल्मर लामा र डा. महाबीर पुनद्वारा कार्यक्रममा हार्दिक धन्यवाद प्रकट गरेका थिय।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *