जेनेभाबासी नेपाली र नेपाल प्रेमी बिदेशीहरुले तिज कार्यक्रम मनाए
Share

गत आइतवार २८ सेप्टेम्बरका दिन स्विटजरल्याण्डको जेनेभामा पनि हिन्दु महिलाहरुको हरितालिका तिज कार्यक्रम सम्पन्न भएको छ। एक दिन अगाडी तिज कार्यक्रम स्विटजरल्याण्डको जुरिचमा गैर आवासीय संघ स्विटजरल्याण्डले आयोजना गरेको थियो। तर जुरिच सम्म जेनेभा देखि जान टाढा भएकोले गर्दा जेनेभा बसोबास गर्ने नेपाली र नेपाल प्रेमी बिदेशीहरुलाइ मध्यनजर गर्दै हरितालिका तिज कार्यक्रम जेनेभा स्थित किङ्ग करी रेस्टुराँमा निता कपुरको टिमले आयोजना गरेको थियो।

कार्यक्रममा जेनेभाबासी नेपाली र नेपाल प्रेमी बिदेशीहरुले तिजको गित बजाएर धित मर्ने गरि नाचेका थिय भने मिठा मिठा नेपाली परिकारको पनि ब्यबस्था गरिएको थियो।
जेनेभाको तिज कार्यक्रममा नेपालबाट गायिका मालिका कार्की आउने भनिएको थियो तर गायिका कार्कीको पारिवारिक समस्याले गर्दा उक्त तिज कार्यक्रममा उपस्थित हुन सकिनन्।
कोरोना महामारीका कारण स्विटजरल्याण्डको जेनेभामा गत बर्षहरुमा अरु कुनै पनि कार्यक्रमको आयोजना भएको थिएन। भविष्यमा अब पहिले जस्तै गरि नेपालीहरुको चाडपर्वहरुमा कार्यक्रम गर्ने निता कपुरले स्विस नेपाल डट कमलाइ जानकारी गराएकी छिन्।








