जुरिक नेपाल स्पोर्ट्स क्लब स्वीजरल्याण्डको भलिबल कार्यक्रम सम्पन्न
Share
जुरिक नेपाली स्पोर्ट्स क्लब जुरिक स्विट्जरल्याण्डको आयोजनामा यही सेप्टेम्बर १५ तारीख आइतबारको दिन जुरिकमा भलिबल प्रतियोगिता सम्पन्न भएको जानकारी गराउन चाहन्छौं ।
“खेलनै स्वास्थको धन हो” भन्ने मुल नाराका साथ तपाइहरु माझ हर्ष र उल्लासका साथ कार्यक्रम भएको जानकारी गराउन चाहन्छौं । खेलमा चार टीमले भाग लिएका थिए जसमा बेर्न समाज , बासेल क्लब , सोलु सेर्पा ( परिवार ) क्लब र जुरिक स्पोर्ट्स क्लब सहित ४ टिमको सहभागी रहेको थियो ।
पहिलो पुरस्कार रनिङ शिल्ड र नगद , प्रमाणपत्र र मेडल सहित बेर्न समाजले पहिलो स्थान हात पार्न सफल भएको थियो भने दोस्रो पुरस्कार नगद ,प्रमाणपत्र मेडल सहित शेर्पा समाज स्वीजरल्याण्डले हात पार्न सफल भएको थियो। कार्यक्रम समयमा हुन नपाए पनि खेल रोचक र प्रतिस्पर्धा भएको थियो खेल लिक सिस्टम अनुसार खेलाइएको थियो ।
विभिन्न कान्तोनबाट खेल हेर्न आउनु भएका साथै खेलाडी साथीहरूलाई खाजा , स्वादिलो खाना( बिरानी)ले स्वागत गरेको थियो। आउने दिनहरुमा यसरी नै सहयोग र उपस्थितिको लागि जुरिक क्लब (ZNSC) का अध्यक्षले सबैलाई धन्यवाद दिएका थिय। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्री लोकेन राना मगरले कार्यक्रममा पुर्ण साथ दिनुहुने हाम्रो जुरिक टीमलाई बधाइ तथा धन्यबाद दिएका थिय । भाबी कार्यक्रममा पनि यस्तै सहयोग र उपस्थितिको लागि आग्रह गर्दै धन्यबाद ज्ञापनका साथै आगामी अस्ट्रीयामा हुन गैरहेको युरोपेली भलिबल प्रतियोगितामा भाग लिन जानको लागी उक्त कार्यक्रममा (ZNSC) ले खेलमा भाग लिनको लागि सुल्क बुझाइ सकेको र खेलमा सहभागी हुनको लागि खेलाडी साथीहरू सङ्ग छिटोभन्दा छिटो नामावली निकाल्न सम्पुर्ण क्लब र संस्थाहरुलाइ अनुरोध गर्नुको साथै खेलमा सहभागी हुने खेलाडीहरुलाई आउने जाने र खानाको ब्यबस्थापन सम्पुर्ण रूपमा गर्ने समेत अध्यक्ष ज्युले बाचा गदिएका थिय।