Type to search

मुख्य समाचार स्विस/प्रवास

कोभिड–१९ संकटसंग लड्न स्वीट्जरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

Share

कोभिड–१९ संकटसंग लड्न स्वीट्जरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

आज २२ माइ २०२१ बिहान स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान काठमाडौं आइपुगेको छ । स्वीट्जरल्याण्डले गरेको सहयोगमा कूल तीस टन तौल, अमेरिकी डलर ८० लाख (नेपाली रुपैंया झण्डै ९४ करोड) बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन् ।

नेपालसरकारले विनासकारी कोभिड–१९ संकटसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे सहयोग गर्न बिभिन्न देशहरुलाई गरेको आग्रहमा स्वीट्जरल्याण्डले यो सहयोग उपलब्ध गराएको हो ।

नेपालका विभिन्न अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर र सुरक्षा उपकरण रहेको छ भने एण्टिजेन परीक्षणले स्वास्थ्य परीक्षण, सामुदायिक स्तरमा निगरानी र बिरामीहरूको स्वास्थ्य शिघ्र आइसोलेशनलाई सहज बनाउँदै भाइरसको फैलावटलाई अनुगमन र नियन्त्रण गर्न सघाउ पुर्‍याउनेछ ।

नेपाललाइलाइ परेको दुखमा स्वीट्जरल्याण्डले सधै बिभिन्न तवरले सहयोग गर्दै आएको छ र गर्ने छ। यो कोभिड–१९ महामारी विरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग ऐक्यवद्धतामा उभिंदै यी सम्पूर्ण अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँन, महामारी नियन्त्रण गर्न र रोकथाम गर्न नेपाल सरकारलाई थप सघाउ पुर्‍याउनेछ भन्ने आशा राखेको कुरा नेपालका लागि स्विट्जरल्याण्डकी राजदुत एलिजावेथ भोन क्यापेलरले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *