एनआरएनए स्विजरल्याण्डद्वारा सदस्यता आवेदन खुल्ला भएको आह्वान
Share

२०२३-२०२५ सदस्यताको लागि गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा सदस्यता आवेदन खुल्ला भएको आह्वान गरेको छ। उक्त संघको सदस्यता दर्ता प्रक्रिया सात फेब्रुअरी २०२३ देखी खुल्ला गरिएको संघले जानकारी गराएको छ ।
एनआरएनएको NRNA App डाउनलोड गरि MIS System द्वारा सदस्य बन्न सकिने छ। आफ्नो फोटो सहितको परिचय पत्रको बिस्तृत जानकारीका साथ सदस्य शुल्क ३० फ्रान्क पनि उक्त सिस्टमद्वारा बुझाउनु पर्ने छ।
सदस्यता दर्ता सम्बन्धी कुनै समस्या भएमा राजु अधिकारी raju.adhikari@gmail.com, शुक्र श्रेष्ठ sukrashrestha@gmail.com र पितम गुरुङ pgurung@bluewin.ch लाई सम्पर्क गर्नु हुन संघले अनुरोध गरेको छ।
गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको निर्वाचन स्विट्जरल्याण्डको बर्नमा आउँदो जुलाई आठ २०२३ शनिबारको दिन गर्ने निर्णय गरेको छ।

