Type to search

स्विस/प्रवास

एनआरएनए पोल्याण्डले बनायो तीसहजारको आपतकालिन कोष सहित सर्वपक्षीय समिति

Share

-शेरबहादुर परियार,पोल्याण्ड/वारसा
एनआरएनए पोल्याण्डले यहाँ रहेका नेपालीहरुको लागि कोरोनाको समस्यामा राहत र सहयोग गर्ने उद्देश्यले तिस हजार ज्लोती को कोष सहित सर्वपक्षीय आपतकालिन समिति बनाएको ।

कोरोना (कोभिड १९) को संक्रमणले विश्व मा रहेका नेपालीहरुलाई समस्या पारिरहेको अबस्थामा छ यद्यपि पोल्याण्डमा रहेका कोही पनि नेपालीहरु अहिले सम्म संक्रमित भएको समाचार छैन।तर पनि आगामी दिनमा आउन सक्ने सम्भावित परिस्थितीलाई मध्यनजर गर्दै एनआरएनए पोल्याण्डले पोल्याण्डको तिस हजार रकमको कोष सहित राहत तथा जनचेतना आपतकालिन समितिको निर्माण गरेको छ।एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटा संयोजक रहेको समिती मा गोपाल राई, डाक्टर उदयदेव आचार्य,प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टंक कटुवाल, जनसम्पर्क समिति सभापति डाक्टर अलिनी सुवेदी पोख्रेल,इनास अध्यक्ष रिता न्यौपाने, गुल्मी समाजका अध्यक्ष प्रकाश तिवारी, शेर्पा समाजका कार्यवाहक अध्यक्ष सोनाम शेर्पा र विद्यार्थी प्रतिनिधि अभिनाश डंगोल सदस्य रहेका छन् ।त्यसैगरी सल्लाहकारमा डाक्टर बोधराज सुवेदी र मित्रलाल पार्देलाई राखिएको छ ।

अन्य युरोपका नेपाली संस्था त्यहाँ रहेका नेपालीहरुलाई द्रुत गतिमा सहयोग गरिरहेका छन् पोल्याण्डमा
यो सर्वपक्षीय समिति निर्माण अलिक ढिलो भएन भन्ने जिज्ञासा मा एनआरएनए पोल्याण्डका प्रथम उपाध्यक्ष जीवन केसी त्यसको खण्डन गर्दै “अन्य युरोपका देशहरुमा जस्तो पोल्याण्डमा हालसम्म पूर्ण लकडाउन को अबस्था भएको छैन।यद्यपि विद्यार्थी एवं केहि काम विशेषमा समस्या देखिएको छ। एनआरएनए पोल्याण्डले यो रोगको पोल्याण्डमा संक्रमण देखिएको सुरुवाती चरणमा नै संस्थाको आन्तरिक सहयोग समिति गठन गरि यहाँ रहेका नेपालीहरुलाई मास्क र सेनेटाइजर वितरण तथा यसबाट बच्ने उपायहरु बारे नेपालीहरुलाई सचेत गर्दै आइरहेको छ । समस्यामा रहेका नेपालीहरुलाई यदि कुनै समस्या भए सूचना गर्न पदाधिकारीको टेलिफोन नम्बर सहित अपिल गरिसकेको छ।एनआरएनए पोल्याण्ड यहाँ रहेका नेपालीहरुको अभिभावकीय संस्था भएको नाताले जिम्मेवारी ढंगले अघि बढ्न हरसम्भव सबै पक्षसँग समन्वय गरिरहेको छ तसर्थ यो समयमा कोही पनि सस्तो लोकप्रियता,व्यक्तिगत महत्वकांक्षा र आग्रह पूर्वाग्रह मा नलाग्न समेत सबै मा अनुरोध गर्दछु। यहाँ रहेका क्रियाशील संघ संस्थाहरुको सहयोग र समन्वय बिना यो विपत्तिको सामना गर्न कठिन हुन्छ भन्ने उद्देश्यले नै आपतकालिन कोष समेत बनाइ सर्वपक्षीय समिति बनाइएको छ ,अब यो सर्वपक्षीय समिति नै भोली यहाँ आउन सक्ने सम्भावित सबै प्रकारका समस्याहरुको समाधानमा लाग्नेछ जस्को नेतृत्व एनआरएनए पोल्याण्डले गर्ने छ। त्यसैले यहाँ रहेका नेपालीहरुलाई कोरोना भाइरस को कारणले कुनै समस्या परेमा एनआरएनए पोल्याण्ड वा यो समिति मा खबर गरे हामी अभिभावकीय भूमिका निर्वाह गर्ने सधैं तत्पर छौं” भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *